२८ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना कहर संकटमा शिक्षा

कोरोना भाइरसका कारणले विद्यालय र शहर बन्द भएको सुनेका उनीहरुलाई योभन्दा बढी जानकारी छैन । गाउँको नियमित दिनचर्यासँग अभ्यस्त उनीहरुलाई रोगको त्रासले पनि छोएको छैन् । रेडियो समेतको गतिलो पहुँच नभएका दुर्गमका बालबालिकाले अनलाइन कक्षाको कल्पना समेत गर्न सक्दैनन् ।

कक्षा १ को थप पाठ्यक्रम तत्काल स्वीकृति गर्न माग

निजी प्रकाशन गृहहरूले कक्षा १ को थप पाठ्य सामग्री तयार पारेर पाठ्यक्रम विकास केन्द्रमा स्वीकृतिका लागि अनुरोध गरेका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले शुक्रबार पाठ्यक्रम विकास केन्द्रलाई थप पाठ्य सामग्री प्रकाशन तथा वितरणका लागि यथाशीघ्र स्वीकृत गरिदिन ज्ञापनपत्र बुझाएका हुन् ।

बेथानचोकमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

विशेष गरेर किशोरीहरुले महिनावारीको समस्याबारे खुलेर भन्ने सकिरहेका हुँदैनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएका छन् ।

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु

दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् ।

पाठ्यक्रमकै विज्ञहरुले लेख्छन् निजीका पुस्तक

सरकारी कुर्सीमै बसेकाहरु आफैं निजी प्रकाशनको किताब लेख्छन् । कर्मचारीकै बलबुतामा निजी प्रकाशन गृहले बजारमा अनधिकृत रुपमा किताब ल्याका हुन् । बिनास्वीकृति बजारमा जाँदा कसरी कारवाही हुन्छ । पाठ्यक्रमभित्रै छानबीन हुनुपर्छ ।

अनलाइन कक्षाबारे के भन्छन् त प्रधानाध्यापक ?

विद्यार्थीहरू गाउँ गएका छन् । शिक्षकहरू पनि गाउँमै हुन सक्छन् । जो जहाँ छन्, त्यहीका स्रोत साधन परिचालन गरेर शिक्षा विस्तार गनुपर्ने उपाय शिक्षाविद् सुसन आचार्यले सुझाइन् ।

नीति तथा कार्यक्रमले ९० लाख विद्यार्थीलाई सम्बोधन गरेन

शुक्रबार संघीय संसदमा राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेके ०७७÷०७८ को नीति तथा कार्यक्रममा हाल कोभिड –१९ का कारण क्षतीग्रस्त रहेको शिक्षा क्षेत्रको जल्दो बल्दो समस्या र तिनका समाधानको उपायबारे कतै कुनै प्रकारको सम्बोधन नभएकोले शिक्षा क्षेत्र थप धारासाही हुने टिप्णी शिक्षाविद्हरूले गरेका छन् ।

परियोजना कार्यबाटै शिक्षण सिकाई गराउँदै माथागढी

कोरोना भाइरसका कारण विद्यालयका सम्पूर्ण पठनपाठन स्थगित छन् । लामो समय शैक्षिक क्षेत्र प्रभावित भएको छ । यहि समयमा जिल्लाको माथागढी गाउँपालिकाले घरमा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै परियोजना कार्य मार्फत शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाएको छ ।

शब्द भण्डार बढाउन संस्कृत फर्काइँदै

थोरै शब्दको ज्ञानले धेरै शब्दहरू प्रयोग गर्ने क्षमता विकास गर्न आवश्यकता अनुभव गरी नेपाल सरकारले कक्षा एकदेखि संस्कृत विषय पठनपाठन गराउने निर्णय गरेको छ । माघ दुई गते बसेको राष्ट्र्यि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा एकदेखि संस्कृत विषय पठनपाठन गराउने निर्णय गरेको हो ।

तलब खुवाउनका समस्या भएको भन्दै चार जना शिक्षक जागिरबाट निकालिए

तलब खुवाउनका समस्या भएको भन्दै दाङको एक सामुदायिक विद्यालयले चार शिक्षकलाई निष्काशन गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरस्थित गंगा माध्यामिक विद्यालयले दुईजना मावि र दुई जना प्रावि तहका नीजी शिक्षकलाई वैशाख १ गतेदेखि लागु हुने गरि निष्काशन गरेको हो।

ओखलढुंगामा विद्यालय पुनर्निर्माण सुस्त

साविकको जिल्ला शिक्षा कार्यालय माफर्त भईरहेको विद्यालय पुनर्निर्माणको काम अहिले हाल कायम गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले गरिरहेको छ । जिल्लामा केही विद्यालय ठेकेदार मार्फत र केही व्यवस्थापन समिति तथा उपभोक्ता समिति मार्फत निर्माणको काम भईरहेका छन् । सबैजसो विद्यालय भवन निर्माणको काम सुस्त चलिरहेको छ ।

माइक्रोसप्टले त्रिविलाई अनलाइन शिक्षाका लागि ५ लाख निःशुल्क आइडि दियो

त्रिभुवन विश्वविद्यालयले कार्यन्वयनमा ल्याएको अनलाइन कक्षा संचालनमा सहजताका लागि माइक्रोसफ्ट कम्पनीले विश्वविद्यालयलाई ५ लाख विद्यार्थीको लागि निःशुल्क आइडि उपलब्ध गराएको छ । विश्वविद्यालयले अनलाईन कक्षा संचालनको लागि माइक्रोसफ्ट कम्पनीसँग माग गरे अनुसार उक्त कम्पनीले विश्वभर संचालन गरिरहेको “टीम एप्स” एप्समा अब त्रिवि पनि जुडेको छ ।

अनलाइन शिक्षा कति प्रभावकारी ?

कोरोना महामारीका कारण चैत्र ६ गतेदेखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन्। ७० लाख बालबालिकाहरु घरमै बसेका छन्।

शिक्षा मन्त्रालयले भन्यो : नयाँ भर्ना नलिनु, अनलाइन कक्षाका नाममा शूल्क नउठाउनु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २६ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने निर्णय विद्यार्थी तथा अभिभावकहरुको दवाव पछि फिर्ता लिएको छ।

अनलाइन शिक्षा र बालबालिका

यसको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्काे नकारात्मक असर पर्न सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्