coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

माइक्रोसप्टले त्रिविलाई अनलाइन शिक्षाका लागि ५ लाख निःशुल्क आइडि दियो

काठमाडाै‌- त्रिभुवन विश्वविद्यालयले कार्यन्वयनमा ल्याएको अनलाइन कक्षा संचालनमा सहजताका लागि माइक्रोसफ्ट कम्पनीले विश्वविद्यालयलाई ५ लाख विद्यार्थीको लागि निःशुल्क आइडि उपलब्ध गराएको छ । विश्वविद्यालयले अनलाईन कक्षा संचालनको लागि माइक्रोसफ्ट कम्पनीसँग माग गरे अनुसार उक्त कम्पनीले विश्वभर संचालन गरिरहेको “टीम एप्स” एप्समा अब त्रिवि पनि जुडेको छ । एमएसटिम माइक्रोसफ्ट कम्पनीले विश्वभरीका शैक्षिक निकायहरुमा कक्षा संचालन गरिरहेको एउटा एप हो । जुन विश्वमै निकै प्रभावकारी मानिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार पेशल दहालले माइक्रोसफ्टले उपलब्ध गराएको एमएसटिम एपमा ज्वाइ हुनको लागि विश्वविद्यालयले पहिलो चरणमा आफ्नो आंगिक तथा केन्द्रीय कलेजका सबै विद्यार्थी, शिक्षक तथा कर्मचाारीलाई समेटने गरि काम अघि बढाएको बताए । उनले अबको दिनहरु अनलाइननै भएकोले त्रिविले विद्यार्थीहरुको तथ्याँक संकलन कार्य अघि बढाएको छ । उनले यसका लागि सबै आंगिक तथा केन्द्रीय कलेजका विद्यार्थीहरुको आइडि संकलन कार्य अघि बढाएको र विभागीय प्रमुख तथा सबै शिक्षक कर्मचारीहरुको समेत आइडि बनाउने काम अघि बढाएको जनाए ।

‘माइक्रोसफ्ले दिएको ५ लाख आइडिहरुमा हाम्रा आंगिक कलेजका सबै विद्यार्थी, शिक्षक, कर्मचारी र विभागीय प्रमुखहरुलाई समेटीने काम भइरहेको छ । आइडिमा माइक्रोसफ्टले टिउ.इडियु.एनपि जोडिएकालाई मात्र प्रवेस गराउने छ,’ रजिष्ट्रर दहालले नागरिकसँग भने ‘ लकडाउनले हामीलाई शिक्षा क्षेत्रलाई डिजिटलाइजेसन गर्ने अवसर दिएको छ । सक्रमणकालिन अवस्थामा अनलाइन कक्षा संचालनमा केहि चुनौति थपिए पनि भविष्यमा हामी अनलाइन जानुको विकल्प छैन ।

’ उनले थपे ‘नेपालमा अनलाइन कक्षा कुनै नौलो पनि होइन । खुला विश्वविद्यालय पुर्ण रुपमा दूर शिक्षा र अनलाईन शिक्षाकै अवधारणामा चलिरहेको छ । त्रिविकै शिक्षा संकायका थुप्रै विषयहरु अनलाईनमै छन् । अप्ठ्यारो पछिनै सहज हुने हो ।’ रष्ट्रिार दहालका अनुसार त्रिविले अनलाइन कक्षा संचालनबारे गाइडलाइन बनाएर अघि बढेको हो । यो गाइडलाईन त्रिविका सम्पुर्ण आंगिक, समबन्धन प्राप्त कलेजहरुलाई समेत उपलब्ध गराइएको उनले जनाए ।  

त्रिविले आफना आंगिक कलेजका विद्यार्थीलाई मात्र अनलाइनमा समेटेको तर ७ सय सामुदायिक कलेजहरुलाई वाइपास गरेकोमा सामुदायिक कलेजहरुको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष शिवराज संजेलले शुक्रबार आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा संघ त्रिविकै गाइड लाइन अनुसार अघि बढीरहेकै अवस्थामा विश्वविद्यालयले सामुदायिक कलेजका शिक्षक र विद्यार्थीलाई आइडि सेवासुविधाबाट बन्चित बनाएकोमा दुःख ब्यक्त गरेका छन् । उनका अनुसार संघले आफ्ना अनलाइन शिक्षाको लागि सक्षम मानिएका  ४५ कलेजका एक सय शिक्षकलाई तालिम दिएको छ ।

त्रिवि, विश्वविद्यालय अनुदान आयोग र विश्वबैंकको सहकार्यमा यस्ता सामुदायिक कलेजहरुमा आइटि ल्याब समेत बनाएर अघि बढ्ने काम भइरहेको अवस्थामा त्रिविले विद्यार्थीलाई आइडि उपलब्ध नगारउनु अन्याय भएको अध्यक्ष संजेलको ठहर छ । उनले हाल अनलाइनको हल्ला मचिए पनि विद्यार्थी तथा सामुदायिक कलेजहरुको आर्थिक अवस्था र नेटको असुविधाका कारण अनलाईन कक्षा संचालन गरिए पनि प्रभावकारी भने नभएको उनको अनुभव छ ।

‘सेमेस्टर प्रणालीका विद्यार्थीहरुको केहि सख्यामा अनलाइन कक्षामा पहुँच भए पनि वार्षिक प्राणालीवालाहरुको मुस्किलले २०देखि २५ प्रतिशत पहुँच पुग्छ,’ अध्यक्ष संजेलले भने ‘त्रिविले आंगिक मात्र होइन त्रिविकालागि उसको सम्बन्धन प्राप्त सामुदायिकका विद्यार्थी पनि उस्तै ह हुन् । त्यही भएर सबै विद्यार्थीको समान पहुँच अनलाइनमा पुग्नु पर्छ । हाम्रो माग पनि यही हो । सबैलाई माइक्रोसफ्ट आइडि दिनु पर्छ ।, ’

अनलाइन कक्षामा करिब २५ प्रतिशत मात्र सहभागिता, अनलाइन कक्षा विद्यार्थी भुलाउने माध्यम
काठमाडौंको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी सामुदायिक कलेजले त्रिविकै गाइडलाइन अनुसार अनलाईन कक्षा सुरु गरेको छ । कलेजका प्रमुख भोला ओझाका अनुसार यस कलेजले वार्षिक प्रााणलीको कक्षामा अनलाइन कक्षा संचालन गरे पनि विद्यार्थीको अनलाइनमा सहभागिता मुस्किलले २० प्रतिशत पुग्ने गरेको छ ।

‘त्रिविको कुल विद्यार्थीको ६६ प्रतिशत विद्यार्थी निजी सम्बन्धन प्राप्त र सामुदायिक कलेजमै पढ्छन् । जसमध्ये  ३३ प्रतिशत सामुदायिकमा छन् । ३१ प्रतिशत मात्र आंगिकमा पढ्ने हा्े । तर त्रिविले ६६ प्रतिशतलाई वेवास्ता गरेर अनलाइन कक्षा प्रभावकारी हुदैन,’कलेज प्रमुविद्यागख ओझाले भने ‘वार्षिक प्रणालीको अनलाइन कक्षामा विद्यार्थी सहभागिता २० प्रतिशत पुर्याउन नि हम्मे पर्छ ।’ उनले थपे ‘कतै नेटवर्क टिप्दैन त कतै विद्यार्थीसँग आर्थिक हैसियत पनि छैन अनलाइन कक्षाको ब्यवस्थापन गर्न । अनलाइन कक्षा तत्काल कामचलाउन हुन्छ । नहुनु भन्दा केहि हुनु वेस जस्तै हो । ’

प्रमुख ओझाले वार्षिक प्रणालीका विषयमा कम सहभागिता रहे पनी सेमेस्टरमा चलेका बिबिएम र एमबिएसका कक्षामा राम्रै सहभागिता रहेको अनुभव सुनाए । सबै विद्यार्थी एउटै प्रणाली अन्तर्गत समेट्न नसकिने धारणा राख्दै उनले  मोवाइल, नेट र वाइफाइको पहुँचमै नभएका विद्यार्थीकोलागि सरकारले थप ब्यवस्था गरेर अघि बढ्नु पर्ने उनको सुझाव थियो ।

ललितपुरको चापागाउँमा रहेको जनभावना सामुदायिक क्यामपसका प्रमुख तथा संघका अध्यक्ष शिवराज संजेलका अनुसार हाल अनलाईन कक्षामा रिभिजन मात्र भइरहेको छ । नयाँ कोर्ष अघि बढाउन निकै चुनौति छ । उनका अनुसार हालको पाठ्क्रम अनलाइनको गाइडलाइन अनुसार नभएकोले पनि नयाँ कोर्ष अघि बढाउन नसकिएको हो । ‘हामी कहाँ पनि  करिब २५ प्रतिशत विद्यार्थी अनलाइन सहभागिता छन्,’ कलेज प्रमुख संजेलले अनुभव सुनाए ‘पाठ्यक्रमको डिजाइन अनुसार नयाँ कोर्ष अघि बढाउन मुस्किल पर्छ ।’ त्यही भएर पुरानै कोर्ष रिभिजन भइरहेको उनको भनाई छ। उनका अनुसार हाल अनलाइन कक्षा विद्यार्थी भुलाउने माध्यम मात्र बनेको छ ।

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदमराज जोशीको कलेजमा हाल ६ हजार ५ सया कुल विद्यार्थी अध्ययनरत छन् । यो कलेज एक स्वायत्त कलेज हो । उनका अनुसार कुल विद्यार्थीमध्ये ५ हजार विद्यार्थीहरु वार्षिक प्रणालीका विषयहरुमा अध्ययनरत छन् । तर अनलाइन कक्षामा १० प्रतिशत मात्र सहभागिता रहेको उनले बताए । ‘सूदूरपश्चिमका ९ जिल्ला र मध्यपश्चिका जिल्लाहरुबाट समेत हाम्रो कलेजमा विद्यार्थी अध्ययनरत छन् । यहाँका ग्रामिण क्षेत्रका विद्यार्थीलाई आइडि बनाएर अनलाइन कक्षा संचालन गर्न सजिलो छैन,’ प्रमुख जोशीले भने ‘सेमेस्टरमा थोरै विद्यार्थी अध्ययनरत छन् । उनीहरु पैसा धेरै तिर्न सक्छन् उनीहरु अनलाइन सहभागिता छन् । ’ उनले थपे ‘ साढै ६ हजार विद्यार्थीमध्ये मेरो कलेजमा ५ हजार विद्यार्थी दुर्गम ग्रामिण क्षेत्रका छन् । यीनीहरुलाई अनलाइन भित्र ल्याउनु चुनौति हो ।’ हाल अनलाइन कक्षा भनेको केहि गरिरहेको भन्ने मात्र हो । विद्यार्थीलाई भुलाउने माध्यम  हो ।’

जनप्रिय कलेज पोखराका प्रमुख बिरन्जीवी गौतमले आफनो कलेजमा करिब ४ हजार विद्यार्थी अध्ययनरत रहेको बताउँदै उनले हालको समयमा अनलाइन कक्षा अवसर भए पनि त्रिविको दुई खाले नितिका कारण सामुदायिकका विद्यार्थी पछि पर्ने चिन्ता ब्यक्त गरे । ‘त्रिविका सबै विद्यार्थी उसकोलागि बराबर हो,’ गौतमले सुझाए ‘सक्दैन भन्दैमा त्रिविले हाम्रा विद्यार्थीलाई आइडिनै नदिनु यो ठिक होइन ।’  

लुम्बीनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले त्रिविले अनलाइन शिक्षामो आधारित पाठ्यक्रम बनाएर अघि बढ्नु पर्ने सुझाए । खुला विश्वविद्यालय विज्ञ एवं विश्वबैंकमा आइटि क्षेत्रमा कार्यरत पदमराज पन्तले जुम एप प्रयोग गरेर पठनपाठन गराउनु मात्र पुर्ण अनलाइन कक्षा नभएको बताउँदै उनले अनलाइन सहभागिता जनाउन नसक्ने विद्यार्थीलाई समेट्न राज्यले छुटै प्रणाली विकास गरेर जानु पर्ने सुझाए । कुनै पनि माध्यमबा पहुँच नभएको विद्यार्थीलो स्थानीय सरकारसँगको सहकार्यमा अनलाइन पहुँच पुर्‍याउन सकिने उनको सुझाव छ ।

उनले कक्षाकोठामा बोल्न नसकेका विद्यार्थीहरु अनलाइन कक्षामा संकोच नगरि बोलेको उदाहरण दिँदै सरकार अबको दिनमा अनलाइन शिक्षा तर्फ जोड दिनु पर्ने उनको ठहर छ । त्रिविका रजिष्ट्रार दहालले त्रिविले पहिलो चरणमा आंगिक कलेजका विद्यार्थीलाई समेटेको भए पनि अब दोस्रो चरणमा त्रिविका सामुदायिक तर्फका विद्यार्थीलाई समेत समेटेर अघि बढ्ने दाबी गरे ।

प्रकाशित: २७ वैशाख २०७७ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App