coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु

फाइल तस्बिर।

दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् ।  विश्वभरी अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः संचालन गर्न थालिएको हो ।

देशभरी बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरु संचालन हुन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । शिक्षालयमा प्रवेश गर्नु अघि शिक्षक तथा विद्यार्थीहरुको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउने लगायतका प्रक्रिया लागु गर्नै पर्ने व्यवस्था गरिएको उनीहरुको भनाई छ ।  

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरु नयाँ तरिकाले संचालन गर्न लागिएका छन् । रोगको डरले लामो समय लकडाउन समेत लगाइएकाले विद्यार्थीहरुको अध्ययन कार्य प्रभावित भएको थियो । अहिले संचालन गर्न थालिएका शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरु पहिलाभन्दा फरक रहेको विद्यार्थीहरुले बताएका छन् ।  

देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्नेगरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्कने स्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्धेश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाई छ ।

अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि मात्रै अध्ययन अध्यापन कार्य संचालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । उनीहरुले सानो उमेरका विद्यार्थीहरुका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य शुरु गराइने जानकारी दिएका छन् । 

प्रकाशित: ७ जेष्ठ २०७७ १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App