गृहमन्त्रीले गरे उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गरेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्।
बिहीबार जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ।
सिरहामा दिउँसो ३ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।
महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० गरी जम्मा १ लाख ४९ हजार ९७ मतदाता रहेको रोल्पामा शान्तिपुर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन संवाद गरेकी छन्।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित कालसिम्ता आधारभूत विद्यालय कुम्लिगमा रहेको मतदान केन्द्रमा विवाद भएपछि केही समयका लागि मतदान प्रक्रिया स्थगित भएको छ।
प्रतिनिधिसभा निर्वाचनमा गोरखाको हिमाली भेगका धेरै मतदान केन्द्रमा मतदान करिब सकिएको छ।
राजपुर नगरपालिका वडा नम्बर ९ बैरियास्थित मतदान केन्द्रमा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा राजपुर नगरपालिका बैरियाका टोलका १८ वर्षीय अरजे हयात पक्राउ परेका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ।
कास्कीमा दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भइरहेको मतदानमा साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी उनले क्षेत्र नं. १ को काठमाडौं वडा नम्बर १० मा पर्ने मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङतास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा २९ जना मतदाताले भोट खसालेका छन।