१३ आश्विन २०८१ आइतबार
image/svg+xml

डुंगा व्यावसायीको सुझावः फेवाताल सयर गर्दा लाइफ ज्याकेट नभुल्नु

एकाएक चलेको हावाहुरीले आइतबार दिउँसो पोखरा सहर केहिबेर अत्तालियो। मान्छे नै हुत्याउने खालको हावाले सडकको धुलो उडाउँदा आकाश पनि धुलाम्य बन्यो। त्यत्ति मात्र नभई फेवातालमा छाल उठ्दा डुंगा सयर गरिरहेका पर्यटक पनि त्यही भूमरीमा परे। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति हुन भने पाएन।

ड्रागन बोट रेसका लागि चीनबाट आठवटा डुंगा ल्याइयो

पोखरामा आयोजना हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ का लागि आठवटा डुंगा चीनबाटै ल्याइएका छन्। पोखरा ल्याइएका ती डुंगाको बुधबार फेवातालमा परीक्षण संचालन पनि गरिएको थियो। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ।

फेवातालमा चालकबिना डुंगा चलाउन प्रतिबन्ध, दिउँसो साढे तीन बजेपछि चलाउन नपाइने

यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने निष्कर्ष निकाल्दै फेवातालमा अबदेखि डुंगा सयर गराउँदा चालक अनिवार्य गरिएको छ। यसअघि यात्रु आफैले डुंगा चलाउन जानेको भन्दै रिजर्भ गरेर लैजाने चलन थियो। तर, अब भने प्रशासनले चालक बिना डुंगा सयर गराउन नपाउने गरि कडाई गरेको छ। त्यस्तै अबका केही महिना दिउँसो साढे ३ बजेपछि तालमा डुंगा चलाउन नदिने निर्णय भएको छ।

हावाको झोक्कामा परेर फेवातालमा डुंगा घोप्टिँदा, थिचिएर एक जनाको ज्यान गयो (अपडेट)

शनिबार दिउँसो सवा चारबजेतिर एकाएक हावा चल्यो। हावाको झोक्कामा परेर फेवातालमा छाल निम्तियो। त्यही छालमा परेर पोखरा महानगरपालिका–१ बगरको एकैपरिवार सवार डुंगा फेवातालमा घोप्टियो। डुंगा चढ्नुअघि सबै यात्रुले लाइफ ज्याकेट त लगाएका थिए। तरपनि आफै सवार डुंगा घोप्टिँदा च्यापिएर एकजना वृद्धाको भने ज्यान गएको छ। अरु भने सकुशल रहे।

हावाहुरीले फेवातालमा डुंगा पल्टियो, लाइफ ज्याकेट र बेलैमा उद्धार हुँदा क्षति रोकियो

एक्कासी लागेको हावाहुरीले शनिबार दिउँसो फेवातालमा डुंगा पल्टिँएका छन्। चारवटा कायक र परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार डुंगाले च्यापेर एकजना वृद्धा बेहोस भएकी छिन्। बेलैमा उद्धार हुँदा मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ।

कम्बोडिया डुंगा दुर्घटनाः एघार जनाको मृत्यु

दुर्घटनाग्रस्त डुंगामा दुई जना चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए। दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन जना महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ।

बर्सेनि कान्द्राको बाढीले सास्ती

कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो। सेवा लिनका लागि कान्द्रा नदी डुंगा तरेर नगरपालिका आउनुपर्ने उनकाे बाध्यता छ। नदी तर्न प्रतिव्यक्ति २०रूपैयाँ तिर्नुपर्छ।

चिनियाँ इतिहासलाई सम्झाइरहेको ‘रातो डुंगा’

इतिहासका निसानहरूले विगत र वर्तमानका बीचमा सभ्यता, संस्कृति एवं राजनीतिक घटनाक्रमहरूलाई खण्डित तथा विशृङ्खलित हुन दिँदैनन्।

अन्तु पोखरीमा चल्न थाल्यो डुंगा

नगरपालिकाले मंगलबारदेखि डुंगा सञ्चालनमा ल्याएपछि अब अन्तु घुम्न आउने पर्यटकले डुंगा चढेर मज्जा लिन सक्नेछन्।

पुल नहुँदाको सास्तीः बर्खाको भेलमा पनि डुंगाकै सहारा

‘कर्णालीमा पुल नहुँदा हरेक वर्ष डुंगा तर्ने क्रममा पाँच/दश जना कर्णालीले खाएकै हुन्छ,’ उनले भनिन्, ‘पुल नहुँदाको पीडा कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन।’ कर्णालीको भेलबाट बाँचेकी उनले छोरालाई विजौरा स्वास्थ्य चौकीमा पुर्‍याएर खोप लगाइन्।

कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन्।

कर्णालीमा डुंगा दुर्घटना, ६ जना बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा बेपत्ता भएका छन्।

पर्यटकीयस्थल बराहपोखरीमा ल्याइएका डुंगा अलपत्र

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परीक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए। तर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परीक्षणमै सीमित हुन पुगेको छ। करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्न २०७४ चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो। तर पाइडलले चल्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्