२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ

रौतहटमा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।

राजपुर नगरपालिका वडा नम्बर ९ बैरियास्थित मतदान केन्द्रमा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा राजपुर नगरपालिका बैरियाका टोलका १८ वर्षीय अरजे हयात पक्राउ परेका हुन्। 

बैरिया अनाथालयस्थित मतदान केन्द्रमा महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद भएको थियो। विवाद साम्य पानी प्रहरीले हयातलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी बिष्णुप्रदिप बस्यालले बताए।

'अर्काको नाममा मत खसाल्न खोजेको हो वा होइन भन्ने विषयमा यकिन भइसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ', डिएसपी बस्यालले घटना बारे थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App