दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।
स्थानीय गोल्मेश्वर मावि मतदान केन्द्रमा विवादका कारण रोकिएको मतदान पुनः सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार, माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाउने काम भएको छ।
सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएको थियो ।
प्रकाशित: २१ फाल्गुन २०८२ १७:२२ बिहीबार





