प्रतिनिधिसभा निर्वाचनमा गोरखाको हिमाली भेगका धेरै मतदान केन्द्रमा मतदान करिव सकिएको छ। चुमनुब्री गाउँपालिका लगायतका दुर्गम केन्द्रहरूमा १०० वा सोभन्दा कम मतदाता रहेका कारण अधिकांश मत खसेको जनाइएको छ। फिलिम आधारभूत विद्यालय केन्द्रमा १९८ मतदातामध्ये १३८ मत खसेपछि मतदाता आउन रोकिएका हुन् ।
यस्तै सिदुङ आधारभूत विद्यालय केन्द्रमा १४५ मध्ये ८६, क्वाक आधारभूत विद्यालय केन्द्रमा १०० मध्ये ४० र छाक आधारभूत विद्यालय केन्द्रमा १११ मध्ये ५५ मत खसेपछि मतदाता आउन छाडेका छन्।
नाम्रुङस्थित लार्केबजार स्वास्थ्यचौकी केन्द्रमा ७६ मतदातामध्ये २४ मत मात्र खसेको छ भने केही केन्द्रमा जाडो छल्न बाहिर गएका मतदाता नआएका कारण मतदान कम भएको बताइएको छ। कम मतदाता भएका केन्द्रहरूमा मतदाता आउन छाडेपछि मतदान लगभग टुंगिएको छ ।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:५९ बिहीबार





