‘निर्दलीय व्यवस्थाको कल्पना संविधानमा छैन’
सरकार गठन सम्बन्धमा संविधानको धारा ७६ (५) को आशय सांसद नभई दल नै भएको दाबी गर्दै सरकार पक्षधर कानुन व्यवसायीले निर्दलीय व्यवस्थाको कल्पना संविधानमा नभएको तर्क गरेका छन्।
सरकार गठन सम्बन्धमा संविधानको धारा ७६ (५) को आशय सांसद नभई दल नै भएको दाबी गर्दै सरकार पक्षधर कानुन व्यवसायीले निर्दलीय व्यवस्थाको कल्पना संविधानमा नभएको तर्क गरेका छन्।
फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ। ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदानमार्फत व्यवसाय क्षेत्रका लागि योग्य युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए।
‘राष्ट्रपति र प्रधानमन्त्रीमा प्रतिनिधिसभा बचाउने होइन, हत्या गर्ने बदनियत देखियो। संविधानभन्दा माथि राष्ट्रपति नभएकाले उनका कामकारबाहीमा न्यायिक पुनरवलोकन हुन सक्छ।’
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइमा कानुन व्यवसायीले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन सांसद दलीय सीमाबाट मुक्त रहने तर्क गरेका छन्।
यातायात व्यवसायीले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञाले यातायात मजदुर भोकभोकै मर्ने अवस्था सिर्जना भएको भन्दै सार्वजनिक यातायात खुलाउन सरकारसँग माग गरेका छन्।
सरकारले यही असार २५ गतेसम्म कर तिर्न सार्वजनिक सूचना जारी गरिसकेको छ। सरकारको उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले कर दाखिला गर्ने म्याद बढाउनुपर्ने माग गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई भेटेर अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/ श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन् । उनीहरुले होटल व्यवासाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामाग्री खरिद गरि स्थानीय सरकारलाई प्रदान गर्न थालेका हुन् ।
कोभिड संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाको लागि जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा आउने भोयद्योले जनाए। जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउने तयारी भइरहेको उनले जनाए।
संवैधानिक इजलासमा भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका नदिई प्रतिनिधिसभा विघटन गर्नु गलत भएको दाबीसहित उक्त निर्णय बदर हुनुपर्ने जिकिर गरेका छन्।
ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्।
किराना व्यवसायीहरुले साविक बमोजिम नै पसल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोभिड १९ महामारीको संक्रमणलाई घटाउन र जारी निषेधाज्ञालाई कडाइ गर्नका लागि किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय भएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै साविक अनुसार सञ्चालनको माग गरेका हुन्।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यकोे निधन भएको छ । पोखरा रानीपौवाका कर्माचार्यको ६५ वर्षको उमेरमा उपचारको क्रममा विहीबार बिहान काठमाडौंमा निधन भएको हो । उनी २०५९ देखि २०६१ सालको अवधिका लागि संघका अध्यक्ष थिए । कर्माचार्य हक्किा राष्ट्रिय खेलाडी पनि हुन् ।
बजेट आउने दिन नजिकिँदै जाँदा पर्यटन व्यावसायी पोहोर भन्दा झनै बढी कोरोनाले थलिएका छन् । कोरोनाले निम्त्याएको अहिलेको अनिश्चितता कहिलेसम्म भन्नेमा यकिन छैन । त्यसैले आगामि वर्षको बजेट ल्याउँदा सरकारले पर्यटन क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाई छ ।
उपत्यकासहित देशभरका अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामी भर्ना गर्न आलटाल गरेपछि क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले आफ्नो निर्माण क्षेत्रमा प्रयोगमा रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन्।