कोरोनाबाट भक्तपुरमा एकैदिन १० जनाको मृत्यु
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए।
मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन्। आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै पाँच जनालाई पक्राउ गरेको प्रहरी कार्यालय पर्साले जनाएको छ।
काठमाडौं प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।
पछिल्लो समय जिल्लामाआइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार यहाँ नगर क्षेत्र भित्र बसोवास गर्नेहरुको उपचार गरिने छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाका अनुसार गएको २४ घंटामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ।
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरेको जनाएको छ।
अतिआवश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाउँदै अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन थालेपछि कडाई गर्नुपरेको स्पष्ट पारे।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ। जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातीदेखि लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।
नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ।
काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।