२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द

काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा भोलि (सोमबार)देखि बन्द गर्ने निर्णय गरेको भक्तपुरका सहायक सिडिओ तथा सूचना अधिकारी मुकेशकुमार केसरले जानकारी दिए।

यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबारदेखि यो नयाँ नियम लागू हुने बताए।  

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ नयाँ संक्रमित भेटिएका छन्। यस्तै अन्य भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

प्रकाशित: १२ वैशाख २०७८ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App