८ आश्विन २०८१ मंगलबार
image/svg+xml

उद्योगी–व्यवसायीलाई जेल पठाउन सकिने प्रावधानको विरोध

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीसँगको छलफलमा मोरङका उद्योगी व्यवसायीले ढक तराजु नवीकरण समयमै नगरे जरिवानामात्रै गर्ने कानूनी व्यवस्था गर्नसमेत माग गरेका छन्।

कालीगण्डकी लोकमार्ग सुस्त

निर्माण व्यवसायीको लापरवाहीका कारण कालीगण्डकी लोकमार्ग निर्माण निकै सुस्त बनेको छ। यही कारण सवारी साधन सञ्चालन गर्ने पर्वतबासीको वर्षौंदेखिको चाहना अधुरै छ।

मन्दिरको भेटीले शिक्षकलाई तलबदेखी रोजगारी सम्म

सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।

भ्याट प्रणाली फिर्ता नलिए आन्दोलन गर्ने ट्रक व्यवसायी चेतावनी

क व्यवसायीहरुले सरकारले लागु गर्न खोजेको ढुवानीमा  भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका छन्।

बनेपामा फस्टाउँदै पुष्प व्यवसाय

जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन्। फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ।

प्रशासनको कमजोरी : व्यवसायीको मनोमानी, १० किमिको ५०० भाडा !

आरुघाट गाउँपालिकाको सोती हुँदै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला सम्म करिब १० किलोमिटर सडकमा यात्रा गर्दा पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ ।

किबी कृषक तामाङको दुर्घटनामा मृत्यु

रामेछाप जिल्लाका सफल कृषि व्यवसायी राङदान तामाङको शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । काठमाडौं आउँदै गर्दा राकाथुममा मोटरसाइकल दुर्घटनामा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रविधिमैत्री बन्न नसक्दा व्यवसाय सङ्कटमा

प्रविधिसम्बन्धी ज्ञान नभएका लेखापढी कानून व्यवसायीहरुको पेशा सङ्कटमा पर्न थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका लागू गरेपछि जिल्लामा पनि भू–सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्न थालेपछि सफ्टवेयरमार्फत भरेको निवेदन मात्रै स्वीकृत गर्ने भएकाले लेखापढी व्यवसाय सङ्कटमा पर्न थालेका हुन्।

व्यवसाय गर्ने वातावरण सुध्रियो

नेपालमा स्थिर सरकार बनेपछि पहिलोपटक व्यवसाय गर्ने वातावरणमा सुधार आएको एक अध्ययनले देखाएको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपालको अवस्था सुधार भएको हो।

दिपावलीको चटारो, पाला बनाउन भ्याई नभ्याई (फोटो फिचर)

तिहार नजिकिँदै घर रंङरोगन, सरसफाईमा अधिकांश व्यस्त भए भइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिका ३ धकधईस्थित कोहार टोलका कुम्हाल परिवार माटोको पाला बनाउँदैमा व्यस्त छन्।

कोशी कोरिडोरः उद्योगी, व्यवसायीहरु उत्साहित

नेपाल सरकारले कोशी जोगवन-किमाथांका सडक निर्माण गर्न थालेको एक दशक बढी भइसकेको छ। तर, अपेक्षित प्रगति हुन सकेको छैन्।

जसले पुर्ख्यौली व्यवसायलाई बनाए उद्योग : स्वदेशी खुकुरी अमेरिकासम्म निर्यात

खुकुरी बनाउने काम कथित अछूतले गर्ने हो। यस्तो काम पनि कोही गर्छ, बरु विदेश जाउँ भनेर समकालीनले कम्ता जिद्दी गरेनन्। धेरै समकालीन विदेश हान्निए पनि। तर खगेन्द्रले पुर्खाले जसोतसो टिकाएको कामलाई नै निरन्तरता दिए। उनले पुख्र्यौली पेसामा व्यावसायिकता थपेर फैलाउने अठोर गरे। उनी लगन, मिहिनेत र दृढ अठोटलाई निरन्तरता दिँदै अघि बढिरहे।

बढी भाडा लिने १४७ जना यातायात व्यवसायीलाई कारबाही

ढकालले आइतबार मात्रै बल्खुबाट ३ जना र कोटेश्रबाट २ जना यातायात व्यावसायीका कर्मचारीलाई कारबाही गरिएको बताए।

सुनको भाउ घट्यो

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्