५ आश्विन २०८१ शनिबार
image/svg+xml

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ

मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौं पुग्छ त्यति बेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्।

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि लगाईने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशः सरकारले आफैँ बढायो गैरकर

लुम्बिनी प्रदेश सरकारले कृषि तथा पशुपन्छीमा लिँदै आएको गैरकरमा राजश्व वृद्धि गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयमा उत्पादन हुने घाँसेबाली बीउ बेर्ना, कुखुराका चल्ला, छात्रावास र तालिम हलमा गैरकर राजश्व वृद्धि गरेको हो।

ताप्लेजुङमा साढे ७ हजार बढीले लगाए खोपकाे दुबै मात्रा

ताप्लेजुङमा ७ हजार ६ सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोपको दुबै मात्रा लगाएका छन्।

चीनभित्रै कोरोना भाइरस संक्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ। ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ।

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

प्रदेश १ मा ३ सय ६६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा सोमबार ३ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सुनसरीमा १ सय ३८, झापामा १ सय २२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

साउन १५ गतेभित्र ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो।

थप २ हजार ९३६ जनामा कोरोना पुष्टि, १ हजार ७७५ जना संक्रमणमुक्त, ४३ को निधन

पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएको सो संख्यासँगै योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ३७३ पुगेको जनाएको छ।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्