७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा साढे ७ हजार बढीले लगाए खोपकाे दुबै मात्रा

ताप्लेजुङमा ७ हजार ६ सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोपको दुबै मात्रा लगाएका छन्। २० हजार ९ सय ५९ जनाले खोप लगाएकामा पहिलो र दोस्रो दुबै मात्रा लगाउनेको संख्या भने एक तिहाइभन्दा कम रहेको छ। १३ हजार ३ सय ३६ जनाले भने पहिलो मात्राको खोप मात्र लगाउन पाएका छन्।  

पहिलो मात्रा लगाउनेमा कोभिशिल्ड खोप लगाएका बढी छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोभिशिल्ड लगाएका १२ हजार ३२ जना र भेरोसेल लगाएका १ हजार ३ सय ४ जनाले दोस्रो खोप लगाउन पाएका छैनन्।  

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले हस्ताक्षर गरी सार्वजनिक गरेको बिबरण अनुसार १४ हजार १ सय ९१ जनाले कोभिशिल्डको पहिलो मात्रा र ६ हजार ८ सय ४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन्। यसमध्ये २ हजार १ सय ५९ जनाले कोभिशिल्डको दोस्रो मात्रा र ५ हजार ५ सय जनाले भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।  

सक्रिय संक्रमित संख्या ३ सय ७८  

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७८ रहेको बिबरण जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ। २ हजार ६३ जना कूल संक्रमित रहेकोमा १ हजार ६ सय ७० जना संक्रमणमुक्त भइसकेको बिबरण प्रशासन कार्यालयले सार्वजनिक गरेको छ। यो मंगलबार अपरान्हसम्मको बिबरण हो। प्रशासन कार्यालयले कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता यहाँका १५ जना नागरिकले ज्यान गुमाएको बताएको छ। तर अहिले सम्म यहाँका २२ जनाले ज्यान गुमाएका छन्।  

प्रशासन कार्यालयले जिल्लाभित्रै ज्यान गुमाउनेको संख्या मात्र अभिलेखमा राख्ने गरेको छ।

प्रकाशित: १९ श्रावण २०७८ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App