coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा ३ सय ६६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा सोमबार ३ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सुनसरीमा १ सय ३८, झापामा १ सय २२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको विर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बाह्रदशी र कचनकवलमा १–१, मोरङको विराटनगरमा ५२, सुन्दरहरैँचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, सहिदभूमि र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार ५ सय ५५ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ४ सय २६ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ६१ रहेको छ। प्रदेश १ मा सोमबार १ हजार ४ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ६७ महिला र १ सय ९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७८ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App