५ आश्विन २०८१ शनिबार
image/svg+xml

आइपुग्यो आठ लाख डाेज खोप, ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकता

कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो। बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।

नुवाकोटमा बन्यो १० शैयाको बालमैत्री आइसोलेसन

महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य र युवाको क्षेत्रमा काम गर्दै आइरहेको आधार विकास नेपालका प्रमुख प्रल्हाद ढकालले दुप्चेश्वरमा स्थापना भएको बालमैत्री आइसोलेसन सेन्टरले अन्य स्थानीय तहको लागि सिकाई हुन सक्ने बताए।

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ। भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ। सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ।

बढ्दै कोरोना संक्रमित : २४ घन्टामा भेटिए एक हजार ८८९ सङ्क्रमित

सो अवधिमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५९७ जना र ४१ जना बिरामीको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। योसँगै अहिलसम्म नेपालमा नौ हजार ११२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ६ सय ५७ संक्रणमुक्त

प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय १९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

कोरोनाबाट थप ३० को मृत्यु, २ हजार १६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा २ हजार ०१६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्