८ वैशाख २०८१ शनिबार
समाज

थप २ हजार ६२२ जनामा संक्रमण, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २५८ पुगेको छ।  

त्यस्तै, २ हजार २११ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ।

प्रकाशित: २१ असार २०७८ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App