२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६ सय ५७ संक्रणमुक्त

कोरोना भाइरसको संक्रमणबाट मंगलबार प्रदेश १ मा ६ सय ५७ जना मुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ८७ महिला र ३ सय ७० पुरुष रहेका छन्। हालसम्म ५६ हजार ५ सय १९ जना संक्रमणमुक्त भएका छन्।  

प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय १९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको मेचीनगरमा २३, विर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बाह्रदशीमा २, हल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहबी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोसी गाउँपालिका, बर्जु, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैँचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण्मा देखिएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी पाँचथरको फिदिममा १४, संखुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँघुरीगढीमा २ र महालक्ष्मीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १, उदयपुरको बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ४ सय ८९ पुगेको छ। सक्रिय संक्रमितको संख्या १० हजार ८ सय ६५ रहेको छ। प्रदेश १ मा आज १ हजार १ सय ६२ जनाको  पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ६७ महिला र १ सय ९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १५ असार २०७८ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App