१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नुवाकोटमा बन्यो १० शैयाको बालमैत्री आइसोलेसन

विज्ञहरुले कोरोना भाइरसको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुन सक्ने बताइरहेका बेला नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरेको छ।

कोरोना भाइरस संक्रमित बालकालिकाको निम्ति दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित समुन्द्रटार स्वास्थ्य चौकीमा ‘आधार विकास नेपाल’ नामक गैरसरकारी संस्थाले बालबालिकालाई लक्षित गरी बुधवार सेन्टर स्थापना गरेको हो।

सेन्टरमा बालबालिकालाई भुलाउन खेलौनासँगै टेलिभिजन समेत जडान गरिएको छ। विशेष गरी दुप्चेश्वर गाउँपालिका ‘बालमैत्री स्थानीय सरकार’ निर्माणको क्रममा रहेकोले साझेदार संघसस्थाहरुसँग सहकार्य गरेर काम गर्दा अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा केन्द्रित हुनलाई समेत समन्वयात्मक भूमिका निभाउँदै आएको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताइन्।

‘बालमैत्री स्थानीय सरकार निर्माणमा हामी जुटिरहेका छौँ। स्थानीय शासन प्रणाली लागू गर्न गाउँपालिका प्रयासरत रहेको छ। त्यसको लागि विशेष गरी शिक्षा र स्वास्थ्यमा के–कस्तो क्रियाकलाप सञ्चालन भइरहेको छ भन्ने महत्वपूर्ण हुन्छ’, उपाध्यक्ष आचार्यले भनिन् ‘तत्कालको लागि कोरोना भाइरसको तेश्रो लहरलाई लक्षित गरी बालबालिका मैत्री आइसोलेसन वार्ड स्थापना गरेका हौँ। कोरोना भाइरसको अन्त्यपछि पनि यसको सहि रुपमा सदुपयोग र व्यवस्थापन गर्नतर्फ लाग्नु आवश्यक छ।  गाउँपालिका भरिको सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टिम स्वस्थ दुप्चेश्वर निर्माण गर्न तल्लिन रहेको छ।’  

महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य र युवाको क्षेत्रमा काम गर्दै आइरहेको आधार विकास नेपालका प्रमुख प्रल्हाद ढकालले दुप्चेश्वरमा स्थापना भएको बालमैत्री आइसोलेसन सेन्टरले अन्य स्थानीय तहको लागि सिकाई हुन सक्ने बताए। आधार विकास नेपालले काठमाडौँ, हुम्लासँगै नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीमा आफ्नो कार्य क्षेत्र बनाएर काम गरिरहेको छ। 

प्रकाशित: २४ असार २०७८ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App