८ वैशाख २०८१ शनिबार
समाज

थप १ हजार ८३१ जनामा संक्रमण, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३५ पीसीआर परीक्षणमा १ हजार २३७ जना र ३ हजार ६८३ एन्टिजेन परीक्षणमा ५ सय ९४ गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ५३३ रहेको छ भने मृत्यु हुनेको संख्या २० छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ।  

यसैगरि, देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ।  

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनालाई संक्रमण भएको छ। जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना रहेका छन्।

प्रकाशित: २७ असार २०७८ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App