१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

२४४४ थपिँदा ३८५३ संक्रमणमुक्त, ४२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५ सय ९ र ४९ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३५ जना गरी २४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म ६ लाख ३५ हजार १८८ जनामा कोरोना संक्रमण भइसकेको छ।  

यसैगरि, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ। 

यस्तै, २४ घन्टामा ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ रहेको छ।

प्रकाशित: १४ असार २०७८ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App