२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

रेमण्डको सातौं सोरुम गोल्फुटारमा

रेमण्डले आफ्नो सातौं सोरुम गोल्फुटारमा खोलेको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्काले उक्त शोरूम उद्घाटन गरेका हुन।

नेपाल टी–२० मा ब्रेटली मेन्टरमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्।

आफू निर्दोष रहेको सन्दीप लामिछानेकाे दाबी

नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।

क्रिकेटका प्रतिस्पर्धा बिहीबारदेखि काठमाडौंमै

गण्डकी प्रदेशमा तय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन आगामी असोज २८ गतेदेखि हुने भए पनि क्रिकेटको प्रतिस्पर्धा भने बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित

जिल्ला अदालत काठमाडौँले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो। गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

पाकिस्तानको जुनियर क्रिकेट लिग कुशलले खेल्ने

यस लिगमा विश्वका यू–१९ टिमका खेलाडीहरुले खेल्ने छन्। १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन्। यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ती २४ मध्येमा कुशल पनि एक हुन्।

एनआरएनएको विजयी सुरुवात

कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न भएको दिनको पहिलो खेलमा एनआरएनएले विजयी सुरुवात गरेको हो। वर्षाका कारण ६ ओभरमा घटाएपछि खेल आरम्भ भएको थियो। ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो।

सन्दिपलाई पक्राउ गर्न अदालतको अनुमति

घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

नेपालले दियो केन्यालाई २ सय ३१ रनको लक्ष्य

नेपाल दोश्रो खेल जितेर तीन एकदिवसीय सिरिज जित्ने लक्ष्यमा छ भने केन्या बराबर गर्ने दाउमा छ। शुक्रबारको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।

टस जितेर ब्याटिङ गर्दै नेपाल

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिईएको छ। उनको स्थानमा देव खनाल छन्।

आसिफको शतकमा नेपालले केन्यालाई सहजै जित्याे

नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे। ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए। कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्