२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

आसिफको शतकमा नेपालले केन्यालाई सहजै जित्याे

नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिजमा जित निकालेको छ। शुक्रबार नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टिम केन्यालाई ७ विकेटले पराजित गरेको हो। केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे।

नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे। ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए। कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो। केन्याका लागि राखेप पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए। नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३र३ विकेट लिए। आदिल आलम र पवन सर्राफले समान १र१ विकेट लिए।

केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो। तर, पाँचौं विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए। यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १० को अग्रता बनाएको छ।

नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ। त्यस्तै सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ। नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।

प्रकाशित: १७ भाद्र २०७९ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App