६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले दियो केन्यालाई २ सय ३१ रनको लक्ष्य

केन्या विरुद्धको दोश्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु २ सय ३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको हो।

कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले।  यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए। ज्ञानेन्द्र मल्लले २५,  वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए। करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए।

नेपाल दोश्रो खेल जितेर तीन एकदिवसीय सिरिज जित्ने लक्ष्यमा छ भने केन्या बराबर गर्ने दाउमा छ। शुक्रबारको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। 

प्रकाशित: १८ भाद्र २०७९ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App