१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्दिपलाई पक्राउ गर्न अदालतको अनुमति

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेकाे हाे।

कप्तान लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी भाद्र २१ गते प्रहरी बृत्त, गौशालामा लामिछाने विरुद्ध जाहेरी दर्ता दिएकी थिइन्।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए।

प्रकाशित: २३ भाद्र २०७९ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App