१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एनआरएनएको विजयी सुरुवात

निर्धारित मिति अगावै आयोजना भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न भएको दिनको पहिलो खेलमा एनआरएनएले विजयी सुरुवात गरेको हो। वर्षाका कारण ६ ओभरमा घटाएपछि खेल आरम्भ भएको थियो। ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो।

सुदूपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए। यसबाहेक, कप्तान राजु रिजालले ११ रन बनाउँदा वसन्त खत्रीले १० रन जोडे पनि जितका लागि पर्याप्त भएन। एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले समान तीन/तीन विकेट लिए।

यसअघि टस जितेर ब्याटिब गरेको एनआरएनएका लागि सागर पुनले बिस्फोटक पारी खेले। निर्धारित ६ ओभरमा चार विकेट गुमाएर ७४ रनको योगफल खडा गरेको थियो। एनआरएनएका सागर पुनले सर्वाधिक ४६ रन बनाए। सागरले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। 

यस्तै सुनम गौतमले २४ रनको पारी खेल्दा अन्य खेलाडीले भने राम्रो स्कोर गर्न सकेनन्। सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिए। खेलकुदअन्तर्गत आजै मुलपानी क्रिकेट रंगशालामा हुने तय भएको गण्डकी प्रदेश र मधेस प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल टस पनि नभई रद्ध भएको छ भने त्रिवि मैदानमा तय भएको दोस्रो खेल पनि भिजेको मैदानका कारण रद्ध भयो।

प्रतियोगितामा शुक्रवार पनि चार खेल हुँदैछन्। त्रिवि मैदानमा एनआरएन र एपिएफ तथा सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबीच खेल हुनेछ भने मुलपानीमा नेपाल पुलिस र मधेस प्रदेश तथा दोस्रो खेलमा त्रिभूवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। 

प्रकाशित: २३ भाद्र २०७९ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App