नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिग खेल्नका लागि बाँकी दुई टोली सार्वजनिक गरेको छ। क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोलीको नाम र मालिक सार्वजनिक गरेको हो।
बाँकी रहेको दुई टिमको नाम पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेड रहेकाे छ। पोखराका मालिकहरुमा सुबोध त्रिपाठी र अतिस ज्ञवाली छन् भने फारवेस्टर्नको स्वामित्व भेन्चर्स, बेलायत र रुपिन्दर बग्गाले दिएका छन्।
प्रतियोगिताको लागि क्यानले यसअघि नै चार टाेली जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको नाम सार्वजनिक गरिसकेको छ।
नेपाल टी-२० लिग असोज ८ गतेबाट सञ्चालन हुँदैछ।
प्रकाशित: २३ भाद्र २०७९ ०९:१७ बिहीबार