२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाली सेनाको प्रदेशस्तरीय सम्मेलन

नेपाली सेनाले मकवानपुरको हेटौंडास्थित मध्यपृतना हेडक्वाटरमा वागमती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन गरेको छ । सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाश प्राप्त सैनिकलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्यले सम्मेलन गरेको हो ।

कोभिड–१९ बाट विदेशमा थप ४ जनाको निधन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन्।

नवीन्द्र दाइप्रति श्रद्धाञ्जली

सिंगो पार्टीलगायत सम्पूर्ण शुभचिन्तकले दाइको अधुरा सपना पूरा गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँः कांग्रेस नेता गुरुङ

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा अहिले २ बजे बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ।

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो।

सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

भारतीय सेनाले दियो नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको छ।

उपचार गर्न नसकेपछि एक नेपालीले भारतमा गरे आफ्नै छोराको हत्या

उपचार खर्च जुटाउन नसकेपछि एक नेपालीले भारतमा आफ्नो छोराको हत्या गरेका छन्। भारतको गुजरातमा बस्दै आएका उनलाई बिहीबार बिहान त्यहाँको प्रहरीले पक्राउ गरेको छ।

कार्थकको नजरमा नेपाली संगीत सर्जक

नेपाली साहित्यमा केही वर्षदेखि उपन्यास र आत्मकथाको भीड छ। बजार पनि छ भन्छन्। तर, नेपाली भाषामा नाटक, जीवनी, सिनेमा, संगीतसम्बन्धी पुस्तक अभावशून्य नै छ। बजार नभएर हो वा भएर, थाह छैन। यस्तो अवस्थामा पनि निकै मुस्किलले संगीत र सिनेमाबारे लेखिरहने स्रष्टा कमै छन्, त्यसमध्ये साहित्यकार पिटर जे कार्थकको नाम अघिल्लो पंक्तिमा आउँछ।

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।

लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्था जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको ९ औं दिनको पुण्य तीथिका अवसरमा विराटनगरस्थित पार्टीको कार्यालयमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पौडेलले लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका हुन्।

मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिन्छ : खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अब अग्रसरता लिनुपर्ने बताएका छन्। मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै नेता खाँणले कांग्रेस अब लामो समय मौन बस्न नहुने बताएका हुन्।

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्