१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उपचार गर्न नसकेपछि एक नेपालीले भारतमा गरे आफ्नै छोराको हत्या

उपचार खर्च जुटाउन नसकेपछि एक नेपालीले भारतमा आफ्नो छोराको हत्या गरेका छन्। भारतको गुजरातमा बस्दै आएका उनलाई बिहीबार बिहान त्यहाँको प्रहरीले पक्राउ गरेको छ। उनले छोराको उपचार खर्च जुटाउन नसक्दा हत्या गरेको स्थानीय प्रहरीलाई उद्दृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ।

इन्डियन एक्सप्रेस अखबारका अनुसार पश्चिमी नेपालको कैलाली जिल्लाका ४० वर्षीय हरीश कामीलाई उनको नौ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेको र आफू पनि आत्महत्या गर्ने क्रममा पक्राउ गरिएको थियो। स्थानीय कच्छ भुजको मुन्द्रा गाउँको जलाराम समाज निवासी कामीले छोरा दिनेशको हत्या गरेको आरोप छ। हरीश कारखानामा सुरक्षा गार्डका रूपमा कार्यरत थिए भने उनी पत्नी ममता देवी, छोरा दिनेश र छ वर्षीया छोरी रितुसँग बस्दै आएका थिए।

गुजरात प्रहरीका अनुसार मार्च २२ मा हरीशले आफन्त र छिमेकीहरूलाई उनको घरमा दिनेशको शव डोरीमा झुण्डिएको भेटिएको बताएका थिए। यद्यपि प्रहरीका अनुसार आरोपीकी छोरी रितुले आफन्तलाई आफ्नो बुबाले सोही दिन बिहान आफूहरुलाई घरबाट बाहिर जान भनिएको बताएकी छिन्।  

'२२ मार्च दिउँसो मलाई उनका छोरा दिनेशको मृत्युको बारेमा हरीशको फोन आयो र हामी जलाराम समाजमा पुग्यौं। जब हामी उनको घरमा पुग्यौं, तब हामीले हरीशलाई घरमा बसिरहेको आफ्नो छोराको लाश लुगाले बेह्रेको देख्यौं।  हामीले दिनेशको शरीर जाँच गर्दा हामीले उसको घाँटीमा रातो निशान देख्यौं। हरीशले बताए कि उनका छोराले कपडाको डोरीले झुण्डिएर आत्महत्या गरे।  हामी शंकास्पद भयौं किनकि उनको छोराको खुट्टा चल्ने थिएन ऊ आफैंले कसरी झुण्डियो। 

त्यसपछि हरीशले हामीलाई उनको छोराको लास गाड्नको लागि सहयोग गर्न आग्रह गरे र हामीले हाम्रो समुदायका केही व्यक्तिहरूसहित गाउँको पोखरी नजिकको ठाउँमा शव गाड्न सहयोग गरेका थियौँ। भोलिपल्ट हामी उनको घरमा बसिरहेको बेला उनकी छोरी रितुले उनलाई मार्च २२ को बिहान घरको बाहिर खेल्न पठाइएको बताइन् र उनका बुबाले उनका दाइ दिनेशलाई एउटा कोठामा लगिरहेको देखेको बताईन। हामीले प्रहरीमा उजुरी गर्यौं, आरोपित हरीश कामीका काका नयनसिंह कामीले प्रहरी समक्ष बयानमा भने

त्यसपछि प्रहरीले पीडित बच्चाको शव बुधवार बाहिर निकाले र पोस्टमार्टम परीक्षणका लागि स्थानीय जामनगर सिभिल अस्पतालमा पठाएको छ। प्रहरीका अनुसार बिहीबार पोस्टमार्टम रिपोर्टले मृत्युको कारण गला दबाएको पुष्टि गरेको छ।हरीशले आफ्नो छोराको हत्या गर्नुको कारण भने उनको स्वास्थ्य खर्च पूरा गर्न गाह्रो भइरहेकोले बताएका छन्।

प्रकाशित: १४ चैत्र २०७७ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App