२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संविधानमाथि न्याय

नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधानसभामार्फत संविधान जारी भएको छ । संविधान जारी गर्दै गर्दा अबउप्रान्त लोकतन्त्रका निमित्त कुनै पनि किसिमको लडाइँ गर्न नपरोस् भन्दै पूर्ण लोकतन्त्रिक समाज निर्माण र नेपाल सम्पूर्णरूपले आर्थिक विकासमा केन्द्रित होस् भन्ने अभिलाषा राखेका थिए । त्ससैअनुरूप २०७४ सालको आमनिर्वाचनमा जनताले विकास एवम् समृद्धिका निमित्त कम्युनिस्ट गठबन्धनलाई बहुमत दिए। यघपि विगतको ३ वर्षमा नेपाली जनताको मतबाट स्थापित सरकार जनताको विश्वासमा खरो उत्रन सकेन साथै निरन्तररूपमा जनताको मौलिक हक र संविधानप्रति कुदृष्टि राखी नै रह्यो।

कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्।

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्।

कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्छ, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए मात्रै सोच्ने होः प्रकाशमान सिंह

नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा कांग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने, “कांग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफैं फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए मात्रै सोच्ने कुरा हो।”

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपाली कांग्रेस ‘पर्ख र हेर’ काे अवस्थामा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादलाई सूक्ष्मरूपले हेर्ने निष्कर्ष निकालेको छ।

नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेस निर्णय

कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो नलागेसम्म कुनै पक्षसँग पनि सहकार्य नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।

नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन हुँदैनः लालबाबु पण्डित

नेता पण्डितले लेखेका छन्, 'नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन। यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।'

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

नेपाली युवा उद्यमी फोरम स्थापना

युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।

विशेषज्ञ चिकित्सक लिएर गाउँ पुग्यो सेना

कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँगाउँ पुगेको छ। स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो।

मदन भण्डारी नेपाली राजनीतिको महत्वपूर्ण मार्गनिर्देशकः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तर्क्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताए।

विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा बस्ने यो साता एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघकाअनुसार यो साता बेलायतमा बस्ने १ जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

प्रधानमन्त्रीमा सर्वसत्तावादको फासिस्ट रुप देखिन थाल्यो : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीको कमजोरीले गर्दा केपी शर्मा ओली सर्वसत्तावादको फासिस्ट रुपको प्रधानमन्त्री हुन थालेको बताएका छन्। उनले काँग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी खेल्न नसक्दा देशको कार्यकारी प्रमुखले अदालतमाथि धम्की दिने र निर्वाचन आफ्नो पक्षमा पार्न र्निलज्जा र निसङ्कोच अभिव्यक्ति दिने गरेको जिकिर गरे।

संसद् पुनःस्थापनाको विकल्प छैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनःस्थापनाको कुनै विकल्प नरहेको दाबी गरेका छन्। ‘हामीले संविधान निर्माण गर्दा स्पष्ट शब्दमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘संविधानमा भएको व्यवस्था नै सर्वोच्च अदालतका न्यायाधीशहरूले व्याख्या गर्ने हो। त्यसैले अधिकार नै नभएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छन् ? त्यसैले पुनःस्थापनको विकल्प छैन।’

नेपाली संस्कृतिका अग्रणी श्रीगणेश

नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम पूजा गर्छन्। नेवारी संस्कार र संस्कृतिमा गणेश देवताको अत्यन्तै ठूलो महत्व रहिआएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्