२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

गत माघ ३ गते पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल एमटी केटुको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरूलाई नेपाली सेनाले सम्मान गरेको छ। बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्।

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

‘हामीले त्यहाँ पुगिन्छ भन्ने आँट त राखेका थियौं,’ उनले भने, ‘तर निकै डर लागेको थियो, यसले नेपालको नाम पनि रह्यो।’ बेलायती सेनाबाट अवकाशप्राप्त पुर्जा मगरले आरोहणको इतिहासमै खतरनाक मानिएको हिमाल आरोहण गर्न गर्नु सानको विषय रहेको बताए।  

कार्यक्रममा नेपाल पर्वतारोहण संघ तथा नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानसेनापति थापाले सामूहिक भावना तथा दृढ विश्वामस एवं लगनशीलताले खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताए। ‘विदेशमा सेवा गर्नु नराम्रो होइन, राष्ट्रिय भावनाको लक्ष्य बोकेर अघि बढ्नु राम्रो काम हो,’ उनले भने।

प्रकाशित: १३ फाल्गुन २०७७ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App