२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले संविधान धरापमा : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिँड्न नचाहँदा देश धरापमा परेको बताएका छन्। धरान उपमहानगरपालिकाद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपा सरकारले संविधान, जनताको अपेक्षा, जनमतमाथि ठूलो धोका गरेको आरोपसमेत लगाए।

कि राजनीति छाडौं कि चुनावको तयारीमा लागौं : देउवा

नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन गर्न आएका सभापति देउवाले ‘निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने’ बताए

चुनावमा गए मलाई फाइदा हुन्छ, तर लोकतन्त्र धरापमा पारेर मैले के पाउने : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिँड्न नचाहँदा देश धरापमा परेको बताएका छन्।

कांग्रेसको प्राथमिकता महाधिवेशन कि चुनाव ?

नेपाली कांग्रेसले संसद् विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको कांग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने की नगर्ने ? कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरेको हो । तर अहिलेसम्मको आन्दोलन उसकै लागि बाध्यताको जस्तै बनेको छ । सडकमा संसद् विघटनको विरोधमा नारा लगाएपनि नेताहरूले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैन ।

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै होः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

कांग्रेसले फेरि लियो संविधानको सहारा

नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन कार्यतालिकामा केही संशोधन गर्दै आगामी भदौ ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ। महामन्त्री पूर्णबहादुर खड्काले बुधबार पेस गरेको महाधिवेशन कार्यतालिकामा बिहीबारको बैठकले सामान्य हेरफेर गरेको हो।

नेपाली कांग्रेसका शीर्ष नेताः एउटै मञ्चमा दुईथरी कुरा

प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध जारी गतिविधिलाई लिएर कांग्रेसका शीर्ष नेताले एउटै मञ्चमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले परस्पर बाझिने अभिव्यक्ति दिएका हुन्।

कांग्रेसभित्रको लडाइँ : पार्टीको महाधिवेशन कि चुनाव ?

सरकारले तोकेको आगामी वैशाख १७ र २७ मै चुनाव हुनुपर्ने भित्री मनसायमा रहेको देउबा समुहले चुनाव भैहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ। उक्त चुनावमा आउने बिजयी नतिजाले देउबालाई त्यो जितको श्रेय स्वाभाविकै रुपमा पर्न जान्छ। यसको सकारात्मक प्रभाव उनलाई पुनः पार्टीको नेतृत्व हाँक्ने अवसर जुर्नेछ।

कांग्रेस महाधिवेशन भदौमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेका लागि प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

प्रतिनिधिसभा विघटनविरुद्धको विरोध कार्यक्रमका कारण स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पार्टीभित्र एकता भएमा कांग्रेसलाई कसैले हराउन सक्दैनः शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र एकता भएमा नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने ठोकुवा गरेका छन्। नेपाली कांग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले अबको चुनावमा कांग्रेसलाई कसैसँग पनि मिल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। ‘हामी कसैको पक्षमा उभिनुपर्दैन, हामी एकतावद्ध भएर लाग्नुपर्छ,’ उनले भने ‘म च्यालेन्ज गर्छु, हामीलाई एमाले र माओवादीले हराउन सक्दैनन्, नेपाली कांग्रेसले जित्छ, त्यसको ग्यारेन्टी म लिन्छु।’

बैशाखमा चुनाव हुँदैन, कांग्रेसले आफ्नो महाधिवेशन गर्नतिर ध्यान दिनुपर्छः डा.रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो बैशाखमा कुनैपनि हालतमा चुनाव नहुने ठोकुवा गरेका छन्। नेपाली कांग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यकता भेटघाटलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले केवल सत्ता लम्ब्याउनका लागि चुनावको मिति घोषणा गरेको बताए।

शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?

६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ?

कांग्रेसले आन्दोलनका लागि कसैसँग सहकार्य गर्दैन : डा. कोइराला

‘संसद बिघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसको कोहि कसैसंग सहकार्य हुँदैन,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यसमाथि अँझ कम्यूनिष्ट संग झनै सम्भव छैन ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्