जुम्लामा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलिन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलने खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।