७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरमा निषेधाज्ञा जारी गरिएको छैन : प्रशासन

विराटनगरमा कफ्यु (निशेधाज्ञा) जारी नगरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता ध्रुवबहादुर खड्काले विराटनगरमा लकडाउन मात्रै गरिएको निषेधाज्ञा जारी नगरिएको जानकारी दिएका हुन् ।  

बुधबार विभिन्न सञ्चार माध्यममा विराटनगरमा निषेधाज्ञा जारी गरिएको समाचार संप्रेषण भएका थिए । गृह मन्त्रालयको हवला दिंदै विराटनगरलगायत देशभर १५ जिल्लामा निषेधाज्ञा जारी गरिएको समाचार संप्रेषण भएका थिए । तर, मोरङमा हालसम्म कुनै पनि ठाउँमा निषेधाज्ञा गर्ने निर्णय नभएको खड्काले जानकारी दिए । 

उनकाअनुसार कुनै पनि ठाउँमा निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय गर्नुपर्ने प्रावधान छ । गृह मन्त्रालयले सोझै निषेधाज्ञा लगाउने व्यवस्था नै नभएको खड्काले स्पष्ट पारे । ‘जिल्ला सुरक्षा समितिको बैठक बसेर कुनै पनि ठाउँमा निषेधाज्ञा लगाउने निर्णय गर्ने व्यवस्था छ’ खड्काले भने, ‘मोरङमाजिल्ला सुरक्षा समितिको बैठक नै बसेको छैन ।’ उनले विभिन्न स्थानमा गरिएको लकडाउनलाई निषेधाज्ञा भनेर हल्ला गरिएको हुन सक्ने स्पष्ट पारे ।

प्रकाशित: २१ श्रावण २०७७ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App