१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रशासनको आदेश बेवास्ता, मिर्चैया नगरपालिका लकडाउन

गोलबजार नगरपालिकामा मंगलबार प्रहरी कार्यालय छेउमै लागेको हटिया । तस्बिर : मिथिलेश यादव/नागरिक

साउन १४ गत्ते जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षात्मक निषेधाज्ञा जारी गर्यो । जसअनुसार हाटबजार नलगाउन, भिडभाड नगर्नजस्ता आदेश जारी गरेको छ । तर, आदेश लत्याउँदै राजमार्ग छेवैमा हाटबजारले निरन्तरता पाइरहेको छ ।

मंगलबार गोलबजार नगरपालिकामा लागेको हटियामा व्यापक भिड दखियो । नगरपालिका र प्रहरी कार्यालयको बीचमा लागेको हटियामा जम्मा भिडले प्रशासनको आदेशलाई गिज्याइरहेको थियो ।

गोलबजार नगरपालिका मात्र नभई राजमार्गका लहान, मिर्चैया, कर्जन्हा, सिरहा, धनगढीमाई तथा ग्रामीण क्षेत्रमा हाटबजार रोकिएको छैन ।

सिरहा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार जिल्लामा निषेधाज्ञा जारी भएको छैन । तर के गर्न पाइने के नपाइने भनेर सुरक्षात्मक निषेधाज्ञा जारी गरेका छौं । ‘समुदायस्तरमा संक्रमण देखिएपछि भिडभाडमा कडाइ गरेका छौँ’ उनले भने । मन्दिर, मस्जिद, चर्च, गुम्बामा भेला नहुन र भीडभाड नगर्न भनिएको छ । जमघट नहुन, हाटबजार नलगाउन, किनमेल गर्दा दूरी कायम गर्न, साबुन पानीले हात धुन, स्यानीटाइजर र मास्कको प्रयोग गर्न भिनएको छ । यसैगरी जिल्लमा चल्ने सवारी साधनमा समेत सुरक्षा स्वास्थ्य सम्बन्धी मापदण्ड पालाना गर्न सूचना जारी गरेको छ ।

प्रजिअ कणेलले भने, ‘जनता आफैं सचेत नहुने हो भने कोरोना फैलिन्छ । प्रशासनले मात्रै रोकेर रोकिनेबाला छैन उनले भने,‘सामूहिक प्रयास र संयम आवश्यक छ ।’

मिर्चैया नगरपालिका लकडाउन

एकैदिन समुदायका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि मिर्चैया नगरपालिकाले सूचना जारी गर्दै लकडाउन गरेको छ । बिहिबार बिहान ६ बजेदेखि साउन ३२ गत्ते साँझ ६ बजेसम्म लकडाउन नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

लकडाउन अवधिभर बिहान १० बजेदेखि १२ बजेसम्म खाधान्न, कृषि, निर्माण, बिउबिजन, मलखाद्य, मोटर पार्टस, बैंक तथा बितिय संस्था खुल्ने सूचनामा उल्लेख छ । नगरपालिका र अन्तर्गतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा प्रवाह नहुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित: २१ श्रावण २०७७ १६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App