७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा साउन २४ देखि सात दिने निषेधाज्ञा

रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि स्थानीय प्रशासनले साउन २४ गते शनिबारदेखि ३२ गतेसम्म सात दिने निषेधाज्ञा आदेश जिल्लाभरि जारी गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बुधबार सम्पन्न भएको जिल्ला सुरक्षा समितिको बैठकबाट कोरोना भाइरसबाट जिल्लाको विभिन्न नगरपालिकाको समुदायमा देखा पर्न थालेको, बजार क्षेत्रमा भिडभाड बढ्न थालेको हुँदा कोरोनाको संक्रमण उच्च रहदा निषेधाज्ञा बाहेकको अर्को कुनै विकल्प नरहेकोले आउदो साउन २४ गतेदेखि ३२ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

समुदायमा कोभिड १९ को संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा रोग संक्रमण ऐन २०२० को दफा २ वमोजिम साउन २४ गतेदेखि ३२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरएको छ ।  

अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निष्कन पूर्ण रुपमा निषेध, स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, ग्यास ढुवानी, औषधि, खाद्यान्न सामग्री, तरकारीको आपुर्ती बाहेक अन्य सेवाहरु निषेध गरिएको  छ ।

एम्बुलेन्स, दमकल, शव बाहन, कुटनिटिक नम्वर प्लेटको सवारी साधन, दूध, खाद्यान्न दूध पानी ओसारपसारको सवारी साधन, लामो दूरीका मालवाहक सवारी साधन, अत्यावश्यक सेवाका लागि खटिने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सवारी साधन पास बाहेक अन्य निजी सवारी साधनहरु माथि पूर्ण रुपमा रोक लगाइएको जानकारी प्रजिअ घिमिरले दिएका छन् । मित्रराष्ट्र भारतसंगको सीमा नाका पूर्ण रुपमा सिल गरिने भएको छ ।  

निषेधाज्ञा आदेशको अवज्ञा गर्ने एवं आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने जुनसुकै व्यक्तिलाई संक्रमण रोग २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ वमोजिम कडा कारवाही गरिने उनले स्पष्ट पारेका छन् ।  

गत साता राजदेवि नगरपालिकाका एक जना वडाध्यक्ष कोरोना संक्रमित भएको पुष्टि भएपछि राजदेवि नगरपालिकामा समुदायस्तरमा नै कोराना भाइरस फैलिएको बताइएको छ । सो नगरपालिको वडाध्यक्ष स्वास्थ्य उपचारको क्रममा काठमाडौ जाने क्रममा हेटौडामा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सोही दिन वडाध्यक्षकी श्रीमतीको करेन्ट लागेर मृत्यु हुँदा अन्तिम श्रदाञ्जलीका लागि गएका पूर्व सांसददेखि ३ सय भन्दा बढी सर्वसाधरणहरु नागरिहरु सहभागी थिए ।

सम्पर्कमा आएकाहरु मध्येको कोरोना परीक्षण गराउँदा त्यसमध्ये ४ जना, गौर नगरपालिका वडा नम्वर ५ मा एक जना र चन्द्रपुर नपा २ मा १ जना गरी ६ जनामा मंगलबार कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।  

समुदायस्तरमा नै कोरोना पुष्टि भएपछि आउदो शनिबारदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने बीचको दुई दिनमा सावधानी पूर्वक समाजिक दूरी कायम गरेर मास्क प्रयोग गरी अति आवश्यक काम गर्नुपर्ने समेत प्रजिअ घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित: २१ श्रावण २०७७ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App