११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

सिक्टा सिँचाइमा चुनौतीका चाङ (भिडियो)

करिब ६ वर्षअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण गर्ने क्रममा ढकेरी, बालापुरका स्थानीय बासिन्दा र आयोजनाका परामर्शदाता तथा प्राविधिकबीच कुरा बाझ्यो।

साउन : पोते र मेहन्दी (भिडियो)

साउनको महिना, आउँदै गरेको तीज काठमाडौंको इन्द्रचोकको पोते बजार निकै व्यस्त छ। सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन्। साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन्।

भिडियोमा लगानीः ‘बालुवामा पानी’

पाँच वर्ष अघि ‘डेब्यु’ एल्बम ‘आधार’ सार्वजनिक गर्दा गायिका आस्था राउतले एल्बमसँगै त्यसमा रहेको ‘झम्के बुलाकी’ गीतको भिडियो पनि बनाइन्।

उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।

उपप्रधानमन्त्री यादवले उडान ४५ मिनेट ढिलो गराए: थाइ एयरवेज (भिडियो)

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो त्रिभुवन विमानस्थल पुगेर भिन्न शैलीको शक्ति प्रदर्शन गरेका छन्। थाइल्याण्ड जान लागेका उनी मंगलवार नै पासपोर्ट बनाएर उडानको अन्तिम समयमा एयरपोर्ट पुगेका थिए।

घोडामा चढेर ट्राफिक कन्ट्रोल (भिडियो)

ट्राफिक प्रहरीले यसरी घोडामा सवार भएर गस्ती गर्न थालेको चार दशकभन्दा बढी भयो। घोडचढी ट्राफिकका लागि ट्राफिक महाशाखा भित्र एउटा छुट्टै शाखा छ। उक्त शाखालेनै घोडाको हेरचाह गर्ने, प्रहरीलाइ घोडचढी प्रशिक्षण दिने लगायतका कामहरु गर्छ।

डा. केसीमाथि जबरजस्ती, समर्थकमाथि कुटपिट (हेर्नुस् भिडियो)

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ।

डा.केसीको पक्षमा काठमाडौमा र्‌याली (फोटो/भिडियो)

जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्‌याली गरेका छन्।

सडकमा मोटरसाइकलको राज (भिडियो रिपोर्ट)

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

ज्योती मगरको तीज गीत ‘विकृति’ (भिडियो)

गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन्। उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

‘पानी कुवाको’मा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा स्मिताका साथै गायक सरोज ओलीले स्वर दिएका छन्।

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो। फुटवल प्रेमीहरु आजको फाइनले खेलको प्रतिक्षामा छन्। मस्कोस्थित लुझनिकी रंगशालमामा आज फ्रान्स र क्रोएसिया आमने–सामने हुँदै छन्।

भक्तपुरमा डुबान (हेर्नुस् भिडियो)

बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

फाइनल पुग्ने दोस्रो टिम कुन? इङल्यान्ड कि क्रोएसिया (भिडियोसहित)

विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षाैदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार राति मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा छोट्याउने लक्ष्यमा मैदान प्रवेश गर्नेछन्। यी दुई बीचको विजेताले उपाधिका लागि फाइनलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्