११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा राखेर एक कप चिया खुवाएर घर पठाइयाे । कोइरालाको उडान समय टलेपछि बालुवाटारबाट उनलाई घर पठाइयाे। एअरपोर्टबाट उनको ब्यागेज सहयोगीलाई दिएर कोइरालाकै घर पठाइयाे।

‘यो सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ’ (भिडियो)

नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश बन्ने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।

धोती लगाएरै फुटबल (भिडियो)

भिन्न पहिरनले उनीहरु अरु भन्दा पृथक छन् । त्यसमाथि नाङ्गो खुट्टामा फुटबल। रुसमा जारी विश्वकप २०१८ को रन्को काठमाडाै‌ंकाे पशुपति क्षेत्रस्थित भागवत सन्न्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई राम्रैसँग लागेको छ।

इङ्ल्यान्डसँग कोलम्बियाले इतिहास रच्ला? (भिडियो)

रुस विश्वकप २०१८ को समूह बी मा उपविजेता बनेको इङ्ल्यान्डले मंगलबार राती क्वार्टरफाइनलका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ। पछिल्लो दुई दशक इङ्ल्यान्डले ठूला प्रतियोगितामा संघर्ष गरिरहेको छ। के आज इतिहास फेरिएला? कोलम्बियाले नयाँ इतिहास रच्ला?

कसले मार्ला बाजी स्विडेन कि स्विट्जरल्याण्ड? (भिडियो)

स्विडेनले १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ। स्विडेनलाई पराजित गरे स्विट्जरल्यान्ड ६४ वर्षपछि क्वार्टरफाइनल पुग्ने पहिलो टोली बन्नेछ।

सुशीला कार्कीको प्रश्न : मेडिकल कलेजमा व्यापार गरेर सरकारले के गर्न खोजेको ? (भिडियो)

नागरिक अगुवाहरुले माइतीघर लगायत सार्वजनिक स्थानमा सरकारले लगाएको निषेधाज्ञा पञ्चायतकालिन शैलीको निरन्तरता भएको बताएका छन्। साथै मेडिकल कलेजमा व्यापार गर्नेगरी सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन्।

जलमग्न वीरगन्ज (भिडियो)

असारको पहिलो झरीले नै वीरगन्जवासीलाई चिन्ता थपेको छ। रातिदेखि आएको अविरल वर्षाले वीरगन्जलाई जलमग्न बनाएको छ। वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

वृद्धाश्रमको फरक संसार (भिडियो)

पुरानो बानेश्वरकी लक्ष्मी देवी थापा विगत २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन्। ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले यहाँ ल्याएर राखिदिएका थिए। उनको कोही परिवार छैनन्। उनले न आफ्नो आमाको मुहार देखिन् न बुवाको माया पाइन्। अहिले वृद्धाश्रम नै उनको घर आँगन बनेको छ। उनको विहान आश्रममा शुरु हुन्छ र रात पनि आश्रममै सकिन्छ।

‘राजनीति गर्ने मन भए शिक्षण पेसा छाडिदिनुपर्छ’ (भिडियो)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम परिवर्तन गर्दै नयाँ विषय ‘जीवन उपयोगी शिक्षा’को पाठयक्रम प्रारूप निर्माण गरिरहेका छन्।

पोर्चुगलविरुद्ध उरुग्वे : आक्रमण र रक्षापंक्तिको प्रतिस्पर्धा (भिडियो)

विश्वकै उत्कृष्ट रक्षापंक्तिको नेतृत्व गरिरहेका जब्बर खेलाडीसामू शनिबार सोचीमा उरुग्वे र पोर्चुगल आमने सामने हुँदा पुरानै प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको आक्रमण धार भुत्ते पार्ने चुनौती हुनेछ ।

दुई महारथी फ्रान्स र अर्जेन्टिना भिड्दै (भिडियो)

विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

हिलाम्मे सडकमा धान रोपाई‌ं! (भिडियो)

चावहिल–साँखु सडक खण्डको जोरपाटीमा आज साहित्यकारहरुले सडकमै धान रोपेका छन्। अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंगात्मक धान रोपाई गरेका हुन्।

गंगामाया भन्छिन्ः सँगै ओढेको कात्रो बुढाले ओढे मैले पाइन (भिडियो)

छाेराको हत्यारालाई कारवाही हुनुपर्ने माग सम्बोधन नगरेसम्म पतिको सदगत नगर्ने गंगामायाको संकल्प कायमै छ। भन्छिन्ः ‘अपराधीलाई कारवाहीको माग गर्दै हामी बुढाबुढीले सँगै कात्रो अढेका थियौं। बुढालाई बेराइदिइसके, मैले वेर्न पाएकी छैन।’

सहकार्य नहुँदा सम्पदा जोखिममा (भिडियो रिपोर्ट)

बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।

परिवार खोज्दै रोहिंग्या शरणार्थी (भिडियो)

‘आफ्नो घर परिवरसँग रमादान मनाउनु र यहाँ एक्लै मनाउनुमा आकाश जमिनको अन्तर छ। म्यनमारमा हुँदा मेरा छोरा छोरी, श्रीमती, मेरो आँखा अघि हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्