२६ आश्विन २०८१ शनिबार
image/svg+xml
भिडियो

धोती लगाएरै फुटबल (भिडियो)

भिन्न पहिरनले उनीहरु अरु भन्दा पृथक छन् । त्यसमाथि नाङ्गो खुट्टामा फुटबल। रुसमा जारी विश्वकप २०१८ को रन्को काठमाडाै‌ंकाे पशुपति क्षेत्रस्थित भागवत सन्न्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई राम्रैसँग लागेको छ।

ती विद्यार्थीको बाहिरी हुलिया यस्तो देखिन्छः– मुडुलो टाउको, लामा–लामा टुप्पी। सेता–पहेला धोती, राता–निला गन्जी। हरेक दिन वेदको धुनमा रमाउने उनीहरु विद्यालयको पढाइसकेपछि फुटबलको गुन्जनमा खुशी हुंदैछन्। विहान शान्ती–शान्ती पाठ गर्दै आनन्दित हुने उनीहरु दिउँसो गोल–गोल भन्दै खुशी हुन्छन्। उपेन्द्र लामिछाने र दिपेन्द्र रोक्काले गुरुकुलको विश्वकप ‘फिवर’लाई भिडियो रिपोर्टमा कैद गरेका छन्।

प्रकाशित: २० असार २०७५ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App