११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बाँच्ने आशामा ३९ घण्टा सुरुङ भित्र, यसरी गरियो उद्धार (भिडियो)

सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए। श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका थिए। तर आयोजनाका केही कर्मचारीहरु, घटनास्थल पुगेकाहरु र पहिरोका प्रत्यक्षदर्शीहरुले भने उनीहरुको आशा मारेका थिएनन्।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै निर्देशकका रुपमा पनि उदाएकी छन् ।

रानीमहल पुगे प्रधान सेनापति (भिडियो)

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पश्चिम जनरल कमाण्डर खड्ग शमसेरले बनाएको रानीमहल अवलोकन गरेका छन्। मंगलबार दिउँसो हेलिकप्टरबाट आएका सेनापती क्षेत्रीले रानीमहल संरक्षण गर्दै आएका स्थानीयहरुसँग अन्तरक्रिया समेत गरे।

आइएमईको व्यावसायिक यात्रा किताब र भिडियोमा

आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसिडिएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

कुरान मियाँको रमजान (भिडियो)

काठमाडौको घन्टाघरनजिकै मुस्लिम समुदायको सदियौं पुरानो मस्जिद छ। मुस्लिम समुदायले अहिले रमजान मनाइरहेको छ । यो समयमा घन्टाघरको जामे मस्जिदमा बेग्लै रौनक छ।

अप्ठ्यारो सडक निर्माणको कथा (भिडियो)

चट्टान फोरेर सडक विस्तार गर्ने काम पक्कै पनि कठिन हुन्छ। यस्तै चट्टान फोरेर नारायणगढ–मुग्लिन सडक विस्तारको काम तीन वर्षदेखि गरिँदैछ। अहिले यो सडकखण्डमा अन्तिम चरणको निर्माणको काम भइरहेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार अब ४ सय ५० मिटर सडकमात्र कालोपत्रे गर्न बाँकी छ।

नेपालकै पहिलाे कलेजको दयनीय अवस्था (भिडियो)

नेपालमा उच्च शिक्षा प्रारम्भ गरेको त्रिचन्द्र कलेज स्थापना भएको सय वर्ष पुगेको छ। तर यो ऐतिहासिक कलेजको भौतिक पूर्वाधार भने अहिले दयनीय बन्दै गएको छ।

भोटेकोसीमा बन्जीको मज्जा (भिडियो)

विनाशकारी भूकम्पपछि सुस्ताएको साहसिक खेल बन्जी जम्प पुरानै अवस्थामा फर्केको छ। द लास्ट रिसोर्टले १९ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती गाविस जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा सञ्चालन गरेको यो खेलमा पुलबाट हामफाल्न देश र विदेशबाट पर्यटकहरु पुग्छन्।

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

नेकपा नेताले भने : नामबारे निर्वाचन आयोगले निर्णय गर्छ (भिडियो)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दल दर्ताको लागि थप कागजपत्र सहित निर्वाचन आयोग पुगेका छन्।

प्रधानमन्त्री अोलीकै शब्दमा : सरकारका १०० दिन (भिडियो)

सरकारका सय दिनका कामहरुको भिडियो प्रस्तुतिमा पिन माइक लगाएर बोलेका प्रधानमन्त्री निकै उत्साहि देखिएका छन् । उनको वाचनशैली बोल्ड देखिन्छ। कम्युनिष्टहरुको प्रोप्रोगान्डा शैली भनेर टिप्पणी गर्नेहरुलाई सघाउने शैलीको भिडियो प्रस्तुति तारिफयोग्य छ। प्रम्पटरमा हेरेर वाचन गरेका प्रधानमन्त्री कुनै व्यवसायिक टेलिभिजन प्रस्तोता भन्दा कम छैनन्।

महानगरले हटायो धरहराको म:म पसल (भिडियो)

काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा रहेका रेष्टुरेन्ट र पसल खाली गराएको छ। महानगरले शनिबार दिउँसो धरहरा क्षेत्रमा रहेका पसल र रेष्टुरेन्ट खाली गराएको हो। महानगरले २४ घण्टाभित्र खाली गराउन दिएको निर्देशन अटेरी गरेपछि नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गर्दै सो क्षेत्रलाई खाली गराएका हुन्।

अब कलंकीमा जाम झेल्नु पर्दैन (भिडियो)

कलंकीको जाम नझेल्ने तपाई हामी मध्ये कमै होउँला। उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक कलंकी पनि हो। उपत्यका भित्रिने र बाहिरिने सवारीको चापमा कलंकीमा प्राय जाम हुन्छ।

ओपोद्वारा फाइभ जी भिडियो कल ‘डेमो’

ओपो ग्लोबल रिसर्च इन्स्टिच्यूटले थ्रिडी स्ट्रक्चर्ड लाइट प्रविधिबाट विश्वकै पहिलो फाइभ जी भिडियो कल डेमोको सफल परीक्षण गरेको जनाएको छ ।परीक्षणमार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रिडी क्यामेरा र क्वालकम टेक्नोलोजिद्वारा विकसित फाइभ जी एनआर टर्मिनल प्रोटोटाइपमार्फत थ्रिडी पोट्रेट छवि प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्