अर्घाखाँची कोरोनाको अति उच्च जोखिमको सूचीमा, साउन १६ देखि कडा निषेधाज्ञा
कोरोनाको अति उच्च जोखिमको सूचीमा परेपछि अर्घाखाँचीमा यही साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने भएको छ।
कोरोनाको अति उच्च जोखिमको सूचीमा परेपछि अर्घाखाँचीमा यही साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने भएको छ।
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए।
कोरोनाको जोखिम र संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाका सबै मुख्य बजार बन्द गर्न आदेश दिएको छ।
दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।
गत असार २० गते बैतडीको सिगास गाउँपालिका–३ का ६४ वर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए। अस्पताल नपुग्दै जिप दुर्घटनामा उनले ज्यान गुमाए। उपचारका लागि हिँडेका धामीसहित गाउँका अन्य २ जनाले पनि सोही दुर्घटनामा ज्यान गुमाए भने १२ जना घाइते भए। कच्ची सडकमा जिप अनियन्त्रित भएपछि दुर्घटना भएको हो। झन सिकारु चालकले अनियन्त्रित भएको जिपलाई नियन्त्रण गर्न सकेनन्।
सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई जोखिम भत्तावापत तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको छ।
बिहान ३ बजेतिर घर माथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घर पूर्णरुपमा क्षति भएको र घरभित्रका खाद्यान्न लगायतका आधा समाग्रीहरु पहिरोमै पुरिएको उनले बताए। अहिले स्थानीयको सहयोगमा गाईवस्तु लगायत पहिरोबाट जोगिएका सामग्रीहरु अन्यन्त्र सारिएको छ।
करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन्। माथिल्लो क्षेत्रका घर पहिराेसँगै तानिने जोखिममा रहेका छन्।
गाउँ–गाउँ जोड्नका लागि निर्माण गरिएका ग्रामीण सडकले मुख्य राजमार्गमा क्षति पुगेको छ। पछिल्ला वर्षहरुमा निर्माण भएका ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको छ। पृथ्वी राजमार्गसँग जोडिएर धादिङको बेनिघाट रोराङ गाउँपालिकाभित्र दर्जन बढी शाखा सडक निर्माण भएका छन्।
पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको अभावमा संक्रमण भित्रभित्रै गुम्सिएर रहेकाले लकडाउन खुकुलो बनाउँदा महामारी झनै फैलिन सक्ने चिन्ता स्वास्थ्यविद्ले व्यक्त गरेका छन्।
डेल्टा प्लस भेरियन्ट भारत, अमेरिका, बेलायत, पोर्जुगल, स्विटजरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीनसहित १० देशमा पाइएको छ भने डेल्टा भेरियन्ट विश्वका ८० देशमा देखिएको छ।
यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ।
लगातार वर्षासँगै कर्णालीका सयौं घर बाढी र पहिरोको उच्च जोखिममा छन्। प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता दुई सय ६७ जनाभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।
पानीको सहज निकास नहुँदा बर्सेनि हिमालयन गल्फ कोर्समा समस्या बल्झिन्छ। पोखरा–१४ छिनेडाँडास्थित हिमालयन गल्फ कोर्स विजयपुर खोलाको तटमा छ। तर खोलामा आउने बाढीको चिन्ता हुँदैन। चिन्त हुन्छ भने निर्माणाधीन पोखरा विमानस्थलबाट बग्ने पानीले।
नेपालमा केही दिनदेखिको अविरल वर्षका कारण आएको बाढीपहिरोका कारण विस्थापित भएकाहरूमा विभिन्न खालका सरुवा रोगको जोखिम हुने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजगता अपनाउन अपिल गरेको छ।