११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि रौतहटमा तनाव

ट्रकको ठक्करबाट रौतहटमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो।

पक्की घर पाएपछि खुसी छन् विपतपुरका मुक्तकमैया

कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन्। यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन्। आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन् ।

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन्। उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन्।

कृषि विकास बैंकमा नयाँ एप एडिबिएल स्मार्ट प्लस

कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिँदै मोवाइल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस जारी गरेको छ।

‘गैरवित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च’

‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी)ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ।

बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिएपछि...

श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।

आन्तरिक बढुवा प्रक्रिया रोकिएपछि वीपी प्रतिष्ठानका शिक्षकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी रहेको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न लोकसेवा आयोगले निर्देशन दिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।

पाखण्डले जेलिएको भ्रष्टाचारको जालो

भ्रष्टाचार गरिबीको होइन, दरिद्र मानसिकताको उपज हो। जहाँ दरिद्र मानसिकता र दरिद्रताको सम्मान हुन्छ त्यहाँ नै भ्रष्टाचार व्यापक हुन्छ।

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

नेपाल मिक्स टिम विधामा पराजित

अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले हराउँदै ३–२ को नतिजासहित आफ्नो देशलाई उपाधि दिलायो।

अब ‘मोबाइल एप्स’ मा चल्छ कृषि

सहकारी संस्थाले महिलाहरुलाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो। अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इस्टल’ गर्छन् ।

संकटमा बाँदरहरूमा समेत एकता

आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्।

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ। विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्