२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

पाखण्डले जेलिएको भ्रष्टाचारको जालो

भ्रष्टाचारविरुद्धको लडाइँमा तपाईँले चाल्नुहुने हरेक कदम, चाहे जतिसुकै सानो भए पनि, देश बचाउने पाइला हो।

-ए.पि.जे. अब्दुल कलाम

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रबद्र्घन यो त नेपालको राष्ट्रिय नारा नै हो सुशासनका निम्ति। तर जता गयो त्यति धेरै सुनिने, धेरैले नहोस् भनेर चाहेको अनि भ्रष्टाचार नियन्त्रण निकायले यसमा कति समय र ऊर्जा खर्चेको छ त्यसको जानकारी सबैलाई छ तर भ्रष्टाचारको जालो कहाँ छ त्यो पत्ता लागिसकेको छैन व्यावहारिक र प्रमाणिक रूपमा।

थाहा भएर पत्ता लागेको छैन, भ्रष्टाचार पाइलैपिच्छे छ। त्यसैले पत्ता लागेको छैन, भ्रष्टाचार जहाँ छ त्यहाँ खोजिएको छैन, त्यसैले पत्ता लागेको छैन। अथवा जे भने पनि मिल्छ जबसम्म यसको जराबाट उपचार हुँदैन। किनकि हरेक गलत काम र त्यसको ढाकछोप भ्रष्टाचार हो। आचरण भ्रष्ट हुनु भ्रष्टाचार हो, जुनसुकै व्यक्ति र घटनाको कारक तत्व भ्रष्ट आचरण हो।

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रबद्र्घन यो त नेपालको राष्ट्रिय नारा नै हो सुशासनका निम्ति। तर जता गयो त्यति धेरै सुनिने, धेरैले नहोस् भनेर चाहेको अनि भ्रष्टाचार नियन्त्रण निकायले यसमा कति समय र ऊर्जा खर्चेको छ त्यसको जानकारी सबैलाई छ तर भ्रष्टाचारको जालो कहाँ छ त्यो पत्ता लागिसकेको छैन व्यावहारिक र प्रमाणिक रूपमा।

ओशो भन्नुहुन्छ-भ्रष्टाचार व्यक्तिको असली मुखौटो हो। जति व्यक्तिलाई उसको बाहिरी पहिचानबाट चिन्न सजिलो हुन्छ त्योभन्दा पनि सजिलो त भ्रष्टाचारको मुखौटोबाट हुन्छ। बाहिर एकथरी, भित्र अर्को आचरण हुनेहरू सहजरूपमा भ्रष्टाचार गर्न, गराउन र सामेल हुन सक्छन्। अभिव्यक्ति र आदर्श एकातिर, व्यवहार अर्कोतिर, यही भ्रष्टाचारको मुखौटोले जरा पत्तो लगाउन मुस्किल भएको जस्तो लाग्छ। मिलेर फालौँ भ्रष्टाचारको जालो भनेर पोस्टर टाँसिएको कार्यालयमा सुशासन प्रवर्द्धनमा होइन, भ्रष्टाचारमा पो हातेमालो भैरहेको हुन्छ, छ र हुनेछ।

स्वभावमा नभएपछि अभाव हुन्छ

उच्च विचारधाराका मानिसले अरूले के सोच्छन् भन्ने भन्दा पनि सत्यका लागि बढी ख्याल गर्नुपर्छ भन्छन्, -मनुष्यको पहिचान र आचरण आफ्नो स्वभावमा रहनु हो। आफ्नो स्वभावमा रहन नसकेपछि अभाव नै अभाव महसुस हुन्छ। मृगतृष्णा जाग्छ अनि भ्रष्टाचार नै सहज माध्यम बन्छ कमाउने, रमाउने, सकाउने, डुबाउने र घर, समाजदेखि राष्ट्रसम्मलाई अस्थिरता र अनैतिकतामा पुराउने। आफ्नो स्वभावको प्रतिकूलतामा जानु नै पाखण्ड हो र पाखण्डीपनले द्विविधा, विरोधाभाष र अराजकतालाई मलजल गर्दै मनुष्य हुनुको स्वभाव र सत्कर्मलाई सखाप पार्न कोसिस गरिरहेको हुन्छ।

सुन्न र पत्याउन गाह्राे व्यक्ति र घटना हाम्रै अगाडि आउँदा झुटो आवरणमा सजिएर हिँडेको मनुष्यरूपी प्राणीलाई अस्तित्वले कहिल्यै मद्दत गरेको हुँदैन। त्यसैले भन्ने गरिएको हो-पाप त धुरीबाट कराउँछ। धुरी अर्थात् उपल्लो स्थान, तलबाट जति ढाँट्दै र मिलाउँदै गए पनि माथिबाट यो चिच्याउन थाल्छ। तल नै हेर्ने स्वभाव भएकाले माथि हेर्न जानेका हुँदैनन् अनि एक्कासि कराउन बाध्य हुन्छ पाप। लाज पनि लाज मान्छ र पाप पनि असह्य महसुस गर्दै चिच्याउन थाल्छ। अब यसलाई बाहिरबाट जति ढाकछोप र तर्क गरे पनि भित्रको आत्मविश्वास गुमिसकेको हुन्छ। त्यसपछि व्यक्ति अरू उदण्ड भएर प्रस्तुत हुन थाल्छ।

पवित्र भूमि, पवित्र कर्म

नेपाल इतिहासदेखि त्यो सन्त भूमि हो, योग भूमि हो जहाँ विदेशी पाहुना आउँदा पनि धर्म र अध्यात्म, उपनिषद् र ऋषिमुनी, तपस्या र साधनाको लाभ लिन आउने गर्दथे। किताब र इतिहास, पर्यटन र प्रकृतिमार्फत जसरी विश्वले चिन्थ्यो नेपाललाई आज यहाँको भ्रष्टाचारको जालो र घटना सुन्दा विदेशीलाई नै भ्रष्टाचारमा सामेल गराएर भ्रष्टाचारमा हातेमालोको राम्रो उदाहरण प्रस्तुत हुन थालेको छ। त्यागी र तपस्वीको भूमि हो नेपाल त्यसैले गरिब होला भौतिकरूपमा तर अध्यात्म र धर्मको यो पवित्र भूमिमा आचरणबिहीन कर्म र संस्कारको विकास भैरहँदा सोच्नुपर्ने समय आएको छ, आफ्नो इतिहासलाई फर्केर हेर्नुपर्ने समय आएको छ।

जहाँ दरिद्र मानसिकता र दरिद्रताको सम्मान हुन्छ त्यहाँ नै भ्रष्टाचार व्यापक हुन्छ। भ्रष्टाचार गरिबीको होइन, दरिद्र मानसिकताको उपज हो। शिक्षा, सशक्तीकरण, क्रान्ति, उदारता र स्वतन्त्रताले सही मार्गनिर्देशन नपाउँदा भ्रष्टाचारको रूप लिन पुगेको छ। अनि यसलाई पोषण दिने काम तथाकथित राजनीतिले गरेको हुन्छ। व्यवस्था परिवर्तन भए पनि भ्रष्टाचारको जालो ज्युका त्युँ रहनुमा मानसिक दरिद्रता परिवर्तन हुन नसक्नुको परिणाम हो। रूपान्तरणको स्थान अहंकारले लिएपछि परिणाम प्रतिकूल हुनु स्वाभाविक हो।

नेपाल इतिहासदेखि त्यो सन्त भूमि हो, योग भूमि हो जहाँ विदेशी पाहुना आउँदा पनि धर्म र अध्यात्म, उपनिषद् र ऋषिमुनी, तपस्या र साधनाको लाभ लिन आउने गर्दथे।

निहित स्वार्थ र दरिद्रताले मानवीय मूल्य/मान्यतासमेत हराउन पुगेको छ, त्यसैले त पवित्रतामा आँच आउन थालेको छ। लोकतन्त्रको नाममा झन वर्गीय विभाजन हुन थालेको छ। आफ्ना र पराईको भिन्नता बढ्न थालेको छ। असत्यलाई ढाकछोप गर्ने प्रवृत्ति मौलाउँदो छ। समानताको नाममा पनि अपेक्षा जोडिएर आएकै हुन्छ भने त्यहाँ पुँजीवादी र गैरपुँजीवादीबीचको खाडल कायम हुन जान्छ। हुनेखाने र भए खानेबीचको असमानता यथावत नै रहन्छ। प्रतिस्पर्धा र प्रतियोगिताले दोषारोपण बढ्दै जान्छ भने पवित्रता कसरी बाँच्छ?

प्रकाशित: ११ भाद्र २०८० ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App