राउटे समुदायले एकै पटक बुझे ३७ लाख भत्ता
संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।
संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।
दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ–२, को लाईपुर, खर्च, पान्चलिङ, भल्टार, थरीगाउ र बासखोलाका बिपन्न ६५ घर परिवारलाई प्रतिघर एक बोरा चामल सहित दाल, तेल, नुन, चिनी, साबुन पुर्याएका छन्।
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।
राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ।
राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ।
सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए। सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए।
गोरखा बारपाकको जस्तै अवस्था अन्यत्र पनि रहेको हुनसक्ने अनुमान सहित अहिले प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले विभिन्न क्षेत्र बाँडेर ग्रामिण क्षेत्रमा कोरोना परीक्षण गर्न थालेको छ । त्यसका लागि प्रदेशका ११ वटै जिल्ला हेर्नेगरि तीनवटा टिम परिचालन गरेको छ ।
‘पोहोर तिर बैशाखसम्म खान पुगेको थियो यसपाली माघदेखि नै पेट अघाएको छैन’, उनले भनिन्, ‘हिजो बेलुका (बिहीबार बेलुका) कुखुरालाई भनेर राखेको आहारा खोले बनाएर खाए, भोलि के खाने, धुवाँ खान सक्दिन, ढुङगा चपाउन सक्दिन, खोज्न जान सक्दिन भोकै सुत्नुपर्छ ।’
हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा बस्दै आएका राउटे समुदायको दुई दिनअघि कोरोना परीक्षण गरिएको थियो।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।
दुःखमा आम नागरिकको सहारा बन्नुपर्नेमा सरकार हारिसकेको बेला समुदायस्तरमा भने कोरोनासँग जुध्न विभिन्न गतिविधि गरिएको छ। जसमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग आदानप्रदान थालिएको छ।
अहिलेसम्म उनीहरू विभिन्न मन्दिरमा पूजा गर्दा बाहिरबाट मात्रै गर्नुपर्ने बाध्यता थियो। ‘दलित भएर पनि मन्दिरभित्रै गएर पूजा गरेकी भन्लान् भन्ने डरले हामी बाहिरबाटै पूजा गथ्र्यौं,’ शान्तिले भनिन्। आइतबार फागुपूर्णिमाको अवसरमा गोरखा नगरपालिका ५ मा निर्माण गरेको मन्दिर उद्घाटन गरिएको छ। ‘
खाना, नाना र छाना माग्दै आन्दोलन कर्णालीका बादी समुदाय र प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ। प्रदेश सरकारसँगको सहमतिसँगै फागुन १० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै धर्नामा बसेका बादी समुदायको आन्दोलन स्थगित भएको छ।
दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ। यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका बादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो।
खाना, नाना र छानाको माग गर्दै आन्दोलनरत कर्णालीका बादी समुदायको माग र कर्णाली प्रदेश सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीहरुलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका हुन् ।