१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन्। उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ। फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ। जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ।

सद्भाव छर्दै मुहर्रम

मुस्लिम समुदायको महान् पर्व मुहर्रम धुमधामसँग मुहर्रम सुरु भएको छ। केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थाले पछि मुहर्रम सद्भावको पर्व बन्दै गएको छ।

कसरी धान्ला नेपालले गाँजा खेती?

हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।

राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने बताएका छन।

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

आदिवासी जनजाति समुदायको बाहुल्य रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ।

‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’

दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।

बादी र विपन्न समुदायलाई सहयोग जुट्दै

कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मा बादी समुदायको बसोबास छ। गीत गाएर दैनिकी चलाउने यो समुदायसँग काम गरी खानका लागि जमिन छैन। ओत लाग्न पुग्दो घर छैन।

जंगल जोगाउन डढेलोकै पीर

सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ।विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ।

जलविद्युत् आयोजना पीडितको वकपत्र

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) ले आयोजनाका कारण प्रभावित हुने तामाङ समुदायमा पर्न जाने असरका कारण स्वतन्त्र, अग्रिम र सुसूचित सहमति नलिइ लगानी जुटाउन सम्भव भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्