८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सद्भाव छर्दै मुहर्रम

हिन्दुले पनि धुमधामसँग मनाउँदै

मुहर्रम पर्वका लागि कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलमा विक्रीका लागि राखिएका तहजिया। तस्बिर: नागरिक

मुस्लिम समुदायको महान् पर्व मुहर्रम धुमधामसँग मुहर्रम सुरु भएको छ। केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थाले पछि मुहर्रम सद्भावको पर्व बन्दै गएको छ।

यो पर्वको अहिले तराईमा रौनक बढ्दै गएको छ। तराई मूलका थिारु समुदायले समेत यो पर्व मनाउन थालेपछि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढेको छ। साथै सबैले यो पर्व मनाउन थालेपछि धार्मिक सद्भावको पर्व बन्दै गएको छ।

जिल्लाको दक्षिणी भेगमा मुहर्रमको रौनक बढ्दै गएको छ। एक महिनादेखि यो पर्व मनाउन हिन्दु मधेसी समुदायले आफ्नो गाउँघरमा ढोलक तासा बजाउँदै नाचगान सुरु गरिसकेका छन्। हिन्दुहरूले समेत मनाउन थालेपछि यो धार्मिक सद्भाव पर्वको रूपमा विकसित हुँदै गएको विज्ञ बताउँछन्।

मुस्लिम समुदायको महान् पर्व मुहर्रम धुमधामसँग मुहर्रम सुरु भएको छ। केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थाले पछि मुहर्रम सद्भावको पर्व बन्दै गएको छ।

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकांक्षा पूरा हुने गरेको भक्तजन बताउँछन्। साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको कामसमेत बन्ने धार्मिक विश्वास छ।

साउन १३ गते शनिबार मनाइने मुहर्रमका लागि तौलिहवाको मस्जिद टोलमा तहाजिया किन्न आएका महाराजगन्ज नगरपालिका–८ कजरहवाका चिनक कहारले १० वर्षदेखि मुहर्रम मनाउन थालेको बताए। ‘यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पूरा हुने भएकाले अँगालेका हौं,’ उनले भने।

उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए। तौलिहवामा उनले ७ सय रूपैयाँको तहजिया किनेका थिए।

मुस्लिम दाजुभाइसँगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए। कपिलवस्तु नगरपालिका–९ निग्लिहवाका नाथुराम थारुले बाजेकै पालादेखि मनाउँदै आएकाले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए। ‘बाजेकै पालादेखि मुहर्रम मनाउँदै आएका छौं, मलाई पनि राम्रो लागेकाले अँगालेको हुँ,’ उनले भने।

केही वर्षअघिसम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्वमा हिन्दुहरूको संख्या पनि बढ्दै गएको छ। यसले धार्मिक सद्भावसमेत कायम राख्ने दुवै धर्मगुरुहरूको भनाइ छ। अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अँगालेकाले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न यसले निकै मद्दत मिलेको अधिकारकर्मी रामदयाल ठाकुर बताउँछन्।

‘देशमै मुस्लिमहरूको दोस्रो ठुलो बाहुल्य रहेको जिल्लामा दुवै समुदायले सामूहिक रूपमा यो पर्व मनाएकाले आपसमा भाइचारा कायम गरेको छ,’ उनले भने।

आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झनास्वरूप मनाइने उक्त चाडमा उनको प्रतीकस्वरूप तहजियाको पूजा गरिने प्रचलन रहेको छ। इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो १ देखि १० तारिखसम्म मनाउने गरिन्छ। घरमा पूजापाठ गरी राखिएको तहजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाइने चलन छ। हिन्दुहरूले घरमा पूजा गर्दा ढोल, तासालगायत बाजा बजाउने गर्दछन्।

साउन १३ गते शनिबार मनाइने मुहर्रमका लागि तौलिहवाको मस्जिद टोलमा तहाजिया किन्न आएका महाराजगन्ज नगरपालिका–८ कजरहवाका चिनक कहारले १० वर्षदेखि मुहर्रम मनाउन थालेको बताए।

मुस्लिम समुदायले भने मुहर्रमका दिन साहसिक प्रदर्शन गर्ने गर्छन्। १४ सय वर्षपहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन्।

अरब देशको क्यालेन्डरअनुसार १० दिन मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी संवत्को १ देखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन्। मोहर्रमको १०औं तारिखलाई आसुरा भनिने तथा त्यसै मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडी पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए। 

प्रकाशित: १२ श्रावण २०८० ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App