२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पिउने पानी अभाव

कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पिउने पानी अभाव रहेको छ। प्रहरी गणमा रहेको पानी ट्यांकीबाट सशस्त्र प्रहरी गुल्म, जिल्ला कारागार, डिभिजन वन कार्यालय, मालपोत कार्यालय र केही पहुँचवालाका घरमा दिनभरजसो पानी आपूर्ति हुने गरेकाले सर्वसाधारणलाई पिउने पानी अभाव भएको हो।

खानेपानी व्यवस्थापन गरिरहेका खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले आफूले जतिसक्दो पानी पुर्‍याउने प्रयास गरे पनि सफल नभएको बताए।

स्थानीय जीवन शाहीका अनुसार हप्ताको एक दिन आउने पानी पनि बन्द भएको छ। सरकारी कार्यालयमा महिनौंदेखि जम्मा भएको पानी पिउन बाध्य भएको शाहीले बताए।

२०५५ सालदेखि मान्ममा बस्दै आउनुभएका बलप्रसाद सज्यालले त्यस बेला मानव बस्ती धेरै नभए पनि पानी समस्या रहेको बताए। उनले जिल्ला सदरमुकामको पिउने पानी समस्यामा धेरै छलफल भए पनि दिगो समाधानको पहल हुन नसकेको सज्यालले बताए।

जिल्लाको बादी बस्तीदेखि बजारका धेरै ठाउँमा खानेपानी समस्या छ। अहिले जिल्लामा खानेपानी लिन २० देखि मिनेट लाग्ने गरेको छ। अहिले खानेपानी अभावले सबैभन्दा धेरै मारमा कोठा भाडा र बादी समुदाय परेका छन्।

ससाना बालबालिका पानीको लाइनमा बसेर पानी खानुपर्ने बाध्यता रहेको छ। हामीलाई खानेपानी समस्या धेरै छ। वडा कार्यालयबाट पनि पानीका लागि केही पहल भएको छैन। ‘नगरपालिकाले पनि पानी खानका लागि पाइप पनि दिएको छैन’, एक बादी महिलाले भनिन्।

प्रकाशित: २ वैशाख २०८० ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App