१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अब प्रधानमन्त्री बंकरसहितको भवनमा

विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन्।

एमाले महाधिवेशनः पदाधिकारी थपेर सहमतिको प्रयास

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ।

एमालेमा सर्वसम्मत असम्भवः पदाधिकारी र केन्द्रीय सदस्यका लागि ओलीको सूचीमा पर्न नेताहरूको कसरत

प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका, सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू, केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदसहित करिब ६ सय आसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रचण्डले नेतृत्व हस्तान्तरण गरे मात्रै एकता सम्भव छः विप्लव

चन्दले जनयुद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले सहिद, घाईते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुवीकृतका लागि समेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताए।

पत्रकार शिवाकोटीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

शिवाकोटीले मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारी दिने घोषणा गरेका हुन्। अबदेखि आफू पूर्ण रुपमा पार्टीको मूलधारको राजनीतिमा सक्रिय हुने उनले बताएका छन्।

भौतिकमा कनिष्ठलाई जिम्मेवारी

‘मालदार’ ठाउँ भनेर चिनिएका आयोजनामा मन्त्री तथा सचिवले मनपरी कनिष्ठ कर्मचारी पठाएपछि मन्त्रालय र सडक विभागका कर्मचारी आतंकित बनेका छन् ।

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

नेकपा (एमाले) को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो।

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्।

एमालेको नेतृत्व चयन सहमतिमै हुन्छ: सचिव ज्ञावली

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्।

जनताकाे हितभन्दा ठूलो कुरा नेता होइनः महासचिव पोखरेल

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए। उनले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

संयुक्त राष्ट्रसंघद्धारा युद्धविरामको स्वागत

हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्