१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रचण्डले नेतृत्व हस्तान्तरण गरे मात्रै एकता सम्भव छः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी एकता सम्भव रहेको बताएका छन्। सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्ड पार्टीको संरक्षकमा बसेर नेतृत्व छोड्न तयार नहुदाँसम्म अहिलेकै अवस्थामा कुनैपनि हालतमा पार्टी एकता नहुने बताए।

बुधबार मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई म्याग्दीको सदरमुकाम बेनीमा सम्बोधन गदैं महासचिव चन्दले जनयुद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले सहिद, घाईते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुवीकृतका लागि समेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताए।

‘भेटघाट नै नभएको अवस्थामा पार्टी एकताको हल्ला चलेको छ’, उनले भने, ‘स्वार्थी रवैयाका कारण अहिलेकै अवस्थामा एकता सम्भव नै छैन।’ पार्टी एकता र निरन्तर भेटघाटका बारेमा सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको समेत उलने दाबी गरे।

प्रकाशित: ८ मंसिर २०७८ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App