५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

पत्रकार शिवाकोटीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शिवाकोटीले मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारी दिने घोषणा गरेका हुन्। अबदेखि आफू पूर्ण रुपमा पार्टीको मूलधारको राजनीतिमा सक्रिय हुने उनले बताएका छन्।  

मुलुकमा लोकतन्त्र ल्याउन र लोकतन्त्रको संस्थागन गर्न आफूले पेशागत संस्थामार्फत योगदान पुर्‍याएको उनले चर्चा गरे। उनले भने,‘अब म फेरि प्रेस युनियनमा फर्कन्न।’ उनले आफू कार्यरत मिडियाको सम्पादकीय नेतृत्वबाट पनि आफू अलग हुने पनि घोषणा गरेका छन्।  

उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यमा उम्मेदवार दिन  कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनै पर्छ। कांग्रेसको १४औँ महाधिवेशन यही मंसिरको अन्तिम साताबाट हुँदैछ।

प्रकाशित: ८ मंसिर २०७८ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App