२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

विश्वकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ।

पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा

‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरले भने

तीन भाले गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो।

घडियालसँग ‘प्रेम’ को प्रेम

लोप भएको झन्डै चार दशकपछि शनिबार चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका २५ वटा घडियाल गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा पुनःस्थापना गर्दा तीन दशक लामो घडियाल संरक्षणमा सक्रिय ५८ वर्षीय प्रेम शर्मा अग्रपंक्तिमा थिए।

भेटियाे वृद्धको शव

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढकेरीबाट पूर्वतिर आइतबार बिहान एकजना वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्।

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ। नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर स्थानान्तरणको काम सुरु गरिएकाे छ।

आजदेखि ६ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गरिँदै

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो।

वनले अनुमति नदिँदा ४६१ मेगावाट विद्युत् उत्पादन प्रभावित

राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेका छन्।

राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती

बाँके राष्ट्रिय निकुञ्जले गतवर्ष मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने बाँकेको कुसुमस्थित राप्ती नदीमा दुर्लभ घडियाल गोही छाड्यो। त्यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट घडियाल ल्याएर राप्तीमा छाडिएको थियो।

धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।

बाँके राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १० वटा घडियाल गोही

विश्व सिमसार दिवसका अवसरमा बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ।

मध्यवर्ती क्षेत्रका पीडा

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र निर्देशिका २०५६ ले निकुञ्ज वा आरक्षको वन पैदावार उपयोगमा प्रतिबन्ध लगाएको छ। चरिचरन गराउन पनि प्रतिबन्ध छ। तर त्यहाँका वन्यजन्तुले पुर्‍याउने हानि भने सहनुपर्ने बाध्यता छ।

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन्। रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ।

गजराज ‘शेषचन्द्र’ ले पायाे पर्यटक घुमाउने तालिम

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्